प्रस, वीरगंज, २२ कात्तिक/
नेपाली काङ्ग्रेस पर्सा क्षेत्र नं १ ले जनताको समस्या बुझ्न शुरू गरेको साताव्यापी घरदैलो कार्यक्रम शनिवार वीरगंज महानगरपालिका–२२ जगरनाथपुरमा सम्पन्न गरेको छ।
नेका पर्सा क्षेत्र नं १ का क्षेत्रीय सभापति विजय सर्राफको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य अनिल रूँगटा, जिल्ला सभापति अजय द्विवेदी, रामनारायण कुर्मीलगायतको सहभागिता थियो।
नेका पर्सा क्षेत्र नं १ ले आफ्नो क्षेत्रमा जनताको घरदैलोमा पुगेर समस्या बुझ्ने र त्यहाँका जनताको समस्या समाधानका लागि पहल गर्ने नेविसङ्घ पर्साका पूर्वअध्यक्ष दिलीपराज कार्कीले बताए।