मसाला चक्र फूलले खानाको स्वाद मात्र होइन हाम्रो स्वास्थ्यमा पनि लाभ पुर्याउँछ । ताराजस्तो देखिने यो फूल भारत, लाओस, कम्बोडिया, फिलिपिन्स र जमैकामा उब्जनी हुन्छ । चक्र फूल चमत्कारी गुणले भरिपूर्ण हुन्छ । यो एन्टि–इन्फ्लेमेटरी, एन्टि–ब्याक्टेरियल, भिटामिन ए र सीले भरिपूर्ण हुन्छ ।
यस फूलमा उच्च स्तरको एन्टिअक्सिडेन्ट पाइन्छ, जसले हानिकारक कणबाट शरीरको रक्षा गर्छ । चक्र फूलले क्यान्सर, हृदयरोग र मधुमेहजस्तो रोगको जोखिम कम गर्छ । चक्रफूलले शरीरमा सुन्निएको अङ्गलाई ठीक गर्छ । गठिया र हृदयरोगजस्ता रोगको खतरालाई कम गर्न निकै मदत गर्छ ।
स्वस्थ पाचन बनाउन प्राचीनकालदेखि नै चक्रफूलको उपयोग हुँदै आइरहेको छ । पेट फुल्ने, ग्याँस, अपचजस्ता समस्यामा राहत पुर्याउँछ । यसको कार्मिनेटिभ प्रभाव पाचनतन्त्रलाई राम्रो बनाउने काम गर्छ । साथै यसले प्रतिरोधक क्षमता पनि मजबुत बनाउने काम गर्छ । यसमा भिटामिन सीको राम्रो स्रोत हुन्छ र यसले प्रतिरोधक क्षमतालाई राम्ररी काम गर्न सघाउँछ । चक्रफूल परम्परागतरूपमा खोकी र ब्रोङ्काइटिस (अस्थमा)जस्तो श्वसन सङ्क्रमणबाट छुटकारा पाउन प्रयोग गरिन्छ । यसको एक्सपेक्टोरेन्ट गुण हुन्छ, जसले श्वसनमार्गमा रहेको कफलाई हटाउँछ र खोकीबाट राहत दिन्छ ।