प्रस, वीरगंज, २० कात्तिक/
पर्सा, बारा र महोत्तरीमा गरी १० जना सङ्क्रमित थपिएका छन् । जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बिहीवार वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा बाराका ७ जना, पर्साका २ जना र महोत्तरीमा १ जना गरी १० जना सङ्क्रमित थपिएको बताए ।
पर्सामा थपिएका दुवै सङ्क्रमित वीरगंज महानगरपालिकाका हुन् ।