प्रस, मकवानपुर, २० कात्तिक/
मकवानपुरको हेटौंडाबाट १० लाख रुपैयाँ घूसको रकमसहित विद्युत् प्राधिकरणका एकजना इन्जिनीयर बिहीवार पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले नेपाल विद्युत् प्राधिकरण अन्तर्गत हेटौंडा–भरतपुर–बर्दघाट विद्युत् प्रसारण विस्तार आयोजनाका प्रमुख इन्जिनीयर ईश्वरीप्रसाद जैसवाललाई पक्राउ गरेको हो।
जैसवालले प्रसारण लाइनको ठेकेदारसँग उक्त रकम घूस लिइसकेको अवस्थामा हेटौंडा वडा नं १० बसपार्कस्थित मेगा होटलबाट नियन्त्रणमा लिएको हो। आयोजनामा कार्यरत ठेकेदारलाई उनले घूस मागेर हैरान पारेको र रकम दिने तयारीसमेत भइसकेको कुरा थाहा पाएपछि अख्तियारको टोली कारबाईको लागि पछि लागेको थियो। अख्तियारले नम्बर टिपेको नोटसहित ई. जैसवाललाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।