प्रस, रौतहट, १६ वैशाख/

नेपाली सेना वीर दल गण, रौतहटले आयोजना गरेको स्वास्थ्य शिविरमा  ७१४ जनाको निश्शुल्क उपचार भएको छ ।

चन्द्रपुर नपा–८ स्थित शिवशक्ति आधारभूत विद्यालय मोतीपुरमा आयोजित स्वास्थ्य शिविरमा बिरामीहरूको चेकजाँच गरेर निश्शुल्क औषधि पनि वितरण गरिएको थियो । शिविरमा ५६ जना बालबालिका, ५९ जना महिला, २९६ जना आँखारोगी र २०३ जना सामान्य बिरामी गरी ७१४ जनाको उपचार गरिएको र चिकित्सकको सल्लाह अनुसार औषधि वितरण गरिएको नेपाली सेना वीर दल गण, रौतहटका गणपति प्रमुख सेनानी गङ्गाबहादुर विष्टले बताए ।

शिविरमा नेपाली सेनाको २८ नं वाहिनीपति सानुकाजी थापा, चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्ले, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक वीरबहादुर बुढामगर, सशस्त्र प्रहरी उपरीक्षक माधव घिमिरे, राष्ट्रिय अनुसन्धानका प्रहरी उपरीक्षक चन्दन झालगायतको सहभागिता रहेको गणपति विष्टले बताए । स्वास्थ्य शिविरमा चन्द्रपुर नपा, प्रादेशिक अस्पताल गौर, रेडक्रस सोसाइटी, औषधि व्यवसायी सङ्घ, प्रभु बैंक, ग्रामीण विकास केन्द्रले सहयोग पु¥याएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here