कागती निचोरेर बोक्रा फोहोरमा नफालौं

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

हामी सबैलाई कागतीका फाइदाहरू थाहा छ । यो छाला, कपाल र हाम्रो पेटको स्वास्थ्यको लागि धेरै उपयोगी छ । यसको रस जतिसुकै अमिलो लागे पनि यो औषधिभन्दा कम छैन । जब हामी यसलाई निचोड्छौं, हामी प्रायः यसको बोक्रालाई बेकारको रूपमा डस्टबिनमा फालिदिन्छौं, तर एकपटक हामीले यसका फाइदाहरू थाहा पाएमा हामीले फ्याल्ने गलती फेरि गर्दैनौं ।

कागतीको बोक्राको फाइदा

कागतीको बोक्रामा भिटामिन, फाइबर, पोटाशियम, म्याग्नेशियम र क्याल्शियम जस्ता महत्वपूर्ण पोषक तत्वहरू पाइन्छन्, जसले हाम्रो शरीरलाई धेरै किसिमले फाइदा पुर्याउँछ ।

कागतीको बोक्रामा एन्टिअक्सिडेन्ट पाइन्छ, जसले शरीरलाई बाहिरी र आन्तरिकरूपमा फाइदा गर्छ । कागतीको बोक्रा सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । कागतीको बोक्रामा एन्टी–ब्याक्टेरियल गुण हुन्छ, जसले दाँत र मुखको समस्याबाट राहत दिन्छ ।

कागतीको बोक्रा कसरी प्रयोग गर्ने

कागतीको बोक्रालाई ससानो टुक्रा पारेर तरकारी, पेय पदार्थ वा सलादमा मिसाएर सेवन गर्न सकिन्छ । कागतीको बोक्रालाई पिंधेर जैतुनको तेलमा राखेर त्यसबाट धेरै परिकार बनाउन सकिन्छ । कागतीको बोक्रालाई मिक्सरमा पिंधेरब्रेड स्प्रेड तयार गर्न सकिन्छ ।

भान्साकोठा सफा गर्नको लागि कागतीको बोक्रामा बेकिङ सोडा लगाएर ग्याँस र स्ल्याब सफा गर्न सकिन्छ । बेकिङ सोडाबाहेक यसको बोक्रामा भेनेगर मिसाएर पनि प्रयोग गर्न सकिन्छ ।

यदि वर्षायाममा हाम्रो शरीरमा कीरा र माकुरा बढी टाँसिन्छ भने कागतीको बोक्रा शरीरमा दल्नुपर्छ ।

यदि भान्साको कुनै कुनाबाट गन्ध आइरहेको छ भने त्यहाँ कागतीको बोक्रा राख्नुहोस्, गन्ध हराउँछ ।

कागतीको बोक्रामा मह मिसाएर दल्दा अनुहार कोमल हुन्छ । र यसको बोक्रा फेस मास्क तयार गर्न प्रयोग पनि सकिन्छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।