वीरगंजमा महात्मा गाँधी रोडको पक्ष–विपक्षको जुहारी

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २२ माघ/

वीरगंजको वडा नं १४ पिपरास्थित चिनीमिल आवास क्षेत्रदेखि बाइपास सडक जोड्ने लिङ्क रोडलाई महात्मा गाँधी रोड र लक्ष्मणवा पार्कलाई महात्मा गाँधी पार्क नामकरण गर्ने चर्चा चलेपछि यसका पक्षधर र विपक्षीले वीरगंजमा प्रदर्शन शुरू गरेका छन् ।

वीरगंज महानगरपालिका वडा नं १४ का अध्यक्ष, वडा नं १५ का पूर्ववडाध्यक्ष, नेपाली काङ्ग्रेसका नेता अजय चौरसियालगायतका समूह लक्ष्मनवा पार्क र सडकलाई महात्मा गाँधी पार्क एवं रोड नामकरण गर्न समर्थन जनाइरहेका छन् भने त्यसैको विरोधमा वीरगंजको लिङ्करोड पिपरा टोल विकास समितिले विरोध जनाइरहेको छ । भारतीय विस्तारवादको संज्ञा दिंदै सो कार्य ठीक नभएको र पिपराको गाउँको ऐतिहासिक पहिचान गुम्ने भएकोले आपत्ति जनाएको समितिका सदस्य मदनप्रसाद कुर्मीले बताए ।

केही दिनअघि भारतीय राजदूत नवीन श्रीवास्तव एवं मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको आतिथ्यमा नामकरण गर्ने कार्यक्रम वीरगंज महानगरपालिकाले स्थगित गरेको छ ।

नामकरण गर्नुभन्दा केही दिनअघि विरोध शुरू भएपछि नामकरण समारोह स्थगित गरेर अहिले उक्त पार्क र सडकलाई महात्मा गाँधी पार्क एवं सडक नामकरण गर्न वीरगंज महानगरपालिका पक्षधरहरूले विभिन्न कार्यक्रम गरी समर्थन जुटाउन लागिपरेका छन् ।

यसै सन्दर्भमा लिङ्करोड पिपरा टोल विकास समितिले आज आवास क्षेत्रअगाडि विरोध प्रदर्शन गरेको छ । हिजो वीरगंज महानगरपालिकाको पक्षमा प्रदर्शन भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस