स्थापना दिवसमा प्रभातफेरी, फलफूल वितरण

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २२ माघ/

प्रेस चौतारी नेपालको २५औं स्थापना दिवस आइतवार विभिन्न कार्यक्रमको आयोजना गरी मधेस प्रदेशमा मनाइएको छ । स्थापना दिवसको अवसरमा आज प्रेस चौतारी नेपाल, पर्साले प्रभातफेरी गरेको छ ।

घण्टाघरबाट निकालिएको प्रभातफेरी आदर्शनगर हुँदै नगरपरिक्रमा गरी पुनः घण्टाघरमा पुगेर समापन भएको थियो ।

प्रेस चौतारी, पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको कोणसभामा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य केसी लामिछाने, चौतारीका पूर्वउपाध्यक्ष महेश दास, केन्द्रीय सचिव कमल उपाध्याय, शाखा उपाध्यक्ष तुलसी भण्डारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा चौतारीका केन्द्रीय सदस्य शत्रुघ्न नेपाल, नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष युवराज खड्का, पत्रकार कविता खड्का, सञ्जीव मिश्र, श्याम कुशवाहा, सञ्जय साहलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण चौतारी पर्साका सचिव राजेन्द्र सिंह राजपूतले गरेका थिए ।

यसैगरी, दिवसको अवसरमा आज रौतहटमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

प्रेस चौतारीमा आबद्ध पत्रकारद्वारा चन्द्रनिगाहपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीहरूलाई फलफूल वितरण गरिएको थियो ।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य सञ्जय मिश्र, मधेस प्रदेश इन्चार्ज फणि महत, जिल्ला अध्यक्ष उत्तमकुमार उपाध्याय, नेकपा एमालेका जिल्ला सचिव बालविक्रम कार्की, चौतारी जिल्ला सचिव मुकेश साहलगायतको सहभागिता थियो । 

प्रेस चौतारी बाराले रजत जयन्ती मनायो

प्रस, परवानीपुर/

प्रेस चौतारी बाराले विभिन्न कार्यक्रम गरी २५औं स्थापना दिवस मनाएको छ ।

सिमरामा कल्याण कोष घोषणा तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको थियो भने पथलैयास्थित वृद्धाश्रममा फलफूल तथा खाद्यान्न सामग्री वितरण गरिएको थियो ।

प्रेस चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षता एवं मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीको प्रमुख आतिथ्यमा भएको अन्तक्र्रिया कार्यक्रममा वक्ताहरूले रजतजयन्तीको अवसरमा कल्याण कोष स्थापना हुनु खुशीको कुरा भएको भन्दै पार्टी पङ्क्तिलाई पनि उक्त कल्याण कोषमा सहयोग गरी प्रेस चौतारी बारालाई सक्षम बनाउन आग्रह गरे । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव कमलकुमार उपाध्याय, पूर्व प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, एमाले प्रदेश कमिटी सदस्य मनोज पौडेल, जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, एमाले बारा जिल्ला सचिवालय कमिटी सदस्य अमृतलाल श्रेष्ठ, प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य गोकुल घोरसाइने, प्रेस चौतारी प्रदेश उपाध्यक्ष अनिल तिवारी, नेपाल पत्रकार महासङ्घ बाराका सचिव अनिल गौरव, फोनिज मधेस प्रदेशका नवनिर्वाचित अध्यक्ष दुश्यन्त चौधरी, सहकारी पत्रकार समाजका पुष्पराज खतिवडालगायतको सहभागिता थियो ।

कार्यक्रममा चौतारीका संस्थापक सदस्य एवं हाल जीतपुरसिमरा–१६ निर्वाचित वडाध्यक्ष हरिदेव खरेललाई प्रशंसापत्रसहित सम्मानित गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस