प्रस, परवानीपुर, २९ असोज/
    ५० वर्षदेखि सार्वजनिक जग्गा अतिक्रमण गरी खेती गर्दै आएको ४ कट्ठा जग्गा गाउँवासीले फिर्ता लिएका छन् । वीरगंज–२१ पटेलनगरमा अतिक्रमणमा परेको ४ कट्ठा जग्गा टोलवासीले महानगरको सहयोगमा निकालेका हुन् ।
    नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पटेलनगरको दक्षिणपट्टि गाउँलेले अतिक्रमण गरी भोगचलन गर्दै आएको ३ कट्ठा १८ धुर जग्गा कानूनसम्मत ढङ्गले निकालिएको जनता समाजवादी पार्टी लिपनीबिर्ताका नेता निरञ्जन पटेलले बताए । उनका अनुसार सन्सारीमाई र ब्रह्मबाबानजीक साबिक लालपर्सा वडा नं ८ र ९ को दोसाँधमा रहेको ४ कट्ठा जग्गा वीरगंज महानगरको नापी शाखाको प्राविधिक लगाएर बुधवार चार किला छुट्याइएको थियो ।
    वडा नं २१ का अध्यक्ष हबीब मियाँको सक्रियतामा जग्गा छुट्याउने बेला लिपनीबिर्ताका विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडा सदस्य जतनराउत कुर्मी, नेरा गीता गजेन्द्रराज जोशी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं अधिवक्ता जीतेन्द्रप्रसाद कुर्मी, जसपाका नेता श्रवण पटेललगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here