राधेश्याम पटेल, वीरगंज, २८ असोज/ नेपाल सरकारले विद्युतीय गाडीमा अन्तःशुल्क घटाउने निर्णय गरे पनि भन्सार नाकाबाट जाँचपास भएको छैन । वीरगंज भन्सार कार्यालयको पुरानो शङ्कराचार्यस्थित भन्सार नाका र आइसिपी नाकाबाट भन्सार जाँचपास नभएको बताइएको छ ।
वीरगंज भन्सारका सूचना अधिकारी विमलकुमार साहका अनुसार मन्त्रिपरिषद्ले विद्युतीय गाडी भिœयाउन अन्तःशुल्क घटाउने निर्णय गरे तापनि व्यवसायीहरू गाडी जाँचपास गराउन आएका छैनन् । हाल वीरगंज भन्सारको आइसिपी यार्डमा २७ वटा विद्युतीय कार थन्किएको उनले बताए । त्यसैगरी, सुक्खा बन्दरगाह भन्सार यार्डमा रेलबाट आएका करीब ८० वटा विद्युतीय गाडी रोकिएको सुक्खा बन्दरगाह भन्सारका सूचना अधिकारी जगदीश पूर्बेले जनाए । “विगत ३ महीनाभन्दा बढी समयदेखि आयातकर्ताले गाडी छुटाएका छैनन्,” उनले भने, “सरकारले निर्णय गरेपछि गाडीको जाँचपास हुने आशामा छौं, दशैंपछि गाडी छुटाउने व्यवसायीको योजना होला ।”
गत जेठ १५ गतेको बजेटमा तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले विद्युतीय गाडीमा सिसीको आधारमा ४५ देखि सय प्रतिशत अन्तःशुल्क बढाएपछि आयातकर्ताहरू गाडी आयात तथा जाँचपास गराउन हच्केका थिए । सरकारले नेपालमा धूवाँ–धूलो नियन्त्रण गर्न विद्युतीय गाडी प्रयोग गर्न सुविधा दिएर प्रोत्साहित गर्ने अभियान चलाए अनुसार आयातकर्ताहरू विद्युतीय गाडीतर्पm आकर्षित भएका थिए । अन्तःशुल्क बढाएपछि विद्युतीय गाडीमा ८० प्रतिशत भन्सार महसूल, ४५ देखि सय प्रतिशत सम्म अन्तःशुल्क, १३ प्रतिशत मूअक र प्रतिगाडी ६ हजारदेखि १० हजार सडक सम्भार दस्तुर लाग्ने गरेको थियो । जसले गर्दा आयातकर्ताले गाडी आयात रोकेका थिए ।
अहिले सरकारले अन्तःशुल्कमा ८० प्रतिशतसम्म सिसीको आधारमा छुट दिने निर्णय गरेसँगै विद्युतीय गाडीको व्यवसाय पुनः बढ्ने विश्वास लिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here