बलिराम शुक्ला, बिरुवागुठी, २५ असोज/
    पर्सागढी नगरपालिकामा भाइरल ज्वरोको प्रकोप देखा परेको छ।
    मौसम परिवर्तनसँगै शुरू भएको भाइरल ज्वरोका कारण बच्चा, युवा, वृद्धवृद्धाहरू ग्रसित भएका छन्। गाउँँघरमा रहेका क्लिनिक तथा स्वास्थ्य चौकीहरूमा अधिकांश भाइरल ज्वरोका बिरामीहरू आउने गरेका छन्।
    भाइरल ज्वरो लागेका अधिकांश बिरामीहरूमा रुघाखोकी, टाउको दुख्ने, बान्ता हुने र ज्वरो आउने लक्षणहरू देखा परेका छन्।
    पर्सागढी नगरपालिका स्वास्थ्य प्रमुख योगेन्द्रप्रसाद पञ्जियारका अनुसार मौसम परिवर्तनपछि भाइरल ज्वरोको प्रकोप देखा परेको र सोको रोकथामको लागि नगरपालिका अन्तर्गत स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रहरूमा पर्याप्त मात्रामा औषधि रहेको बताए।
    उनले यसबाट बच्न खानपिन तथा सरसफाइमा ध्यान दिनुपर्ने र बिहान–बेलुका उमालेको पानी पिउन सल्लाह दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here