प्रस, वीरगंज, २२ असोज/
पर्सा, बारा र सिराहाका १९ जना सङ्क्रमित थपिएका छन्।
नारायणी अस्पतालको प्रयोगशालाले बुधवार राति ९६ जनाको पिसिआर परीक्ष्Fण रिपोर्ट जारी गर्दा बाराका १०, पर्साका ८ र सिराहाका १ जना गरी १९ जना सङ्क्रमित पुष्टि भएको जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी गराए।
पर्सा जिल्लाका ८ जना सङ्क्रमितमा सबै वीरगंज महानगरका छन्। वडा नं ३, ८, १०, १२, १३ र २० का ८ जना सङ्क्रमित रहेको प्रशासकीय अधिकृत श्रीवास्तवले बताए।