दूतावासद्वारा दुईवटा एम्बुलेन्स हस्तान्तरण

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २१ असार/

भारतको महावाणिज्य दूतावासले मङ्गलवार दुईवटा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

ती दुई एम्बुलेन्स नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले गत आइतवार १९ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा नेपाल सरकार र नेपालका विभिन्न जिल्लामा रहेका गैरनाफामूलक संस्थाहरूलाई उपहारस्वरूप प्रदान गरिएका ७५ वटा एम्बुलेन्समध्येका हुन् ।

दुईमध्ये एक एम्बुलेन्स वीरगंजस्थित ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र  तथा अर्को एम्बुलेन्स जनकपुरको ग्रामीण विकास संस्थालाई प्रदान गरिएको हो । दुईवटै एम्बुलेन्सको साँचो महावाणिज्यदूत नितेश कुमारले आज संस्थाका प्रतिनिधिहरूलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।