प्रमोद यादव, पंचगावाँ, १८ असोज/
पटेर्वासुगौली गाउँपालिका–२ मा रहेको शिवम् ह्याचरीका कारण वातावरण र स्वास्थ्यमा समस्या भएको भन्दै वडावासीले विरोध गरेका छन् ।
लामो समयदेखि ह्याचरीबाट हुने समस्याका बारेमा वडापालिकाको ध्यानाकर्षण गराएको तर सुनवाइ नभएपछि २० दिनअघि गापाको न्यायिक समितिमा पनि उजूरी गरेको तर पनि सुनवाइ नभएको भन्दै आइतवार वडाका दुई सयजना महिला तथा पुरुषले गापा कार्यालय घेराउ गरेका थिए । उनीहरूको समस्या चाँडो समाधान गर्नेतर्पm प्रयास भएको उपाध्यक्ष ममता महतोले बताइन् । वडावासीहरूको उपस्थितिमा उनले ह्याचरी सञ्चालकलाई पत्रद्वारा बोलाएको बताइन् ।
तर सञ्चालक आज उपस्थित हुन नसक्ने र असोज २९ गते बिहीवार उपस्थित हुने ह्याचरीका प्रबन्धक कपिल पोखरेलले वडावासीहरूको उपस्थितिमा बताए । उनले टोलवासीको गुनासोपछि हप्ता, महीनामा औषधि छर्कने गरेको दाबी गरे । उनले ह्याचरी नियम कानूनको परिधिमा रहेर निर्माण गरिएकोले स्थानान्तरणभन्दा समस्या समाधान कसरी गर्ने विषयमा आन्दोलन केन्द्रित भए समस्याको समाधान हुने बताए । प्रबन्धक पोखरेलको आश्वासनपछि वडावासीहरू शान्त भएर फर्केका थिए ।
स्थानीय मोजाहिल अन्सारी, विजय मिश्रले ह्याचरीको फोहरबाट गहुे झिङ्गा टोलाभरि भन्कने र खाना, बस्दा पनि समस्या हुने गरेको बताए । ह्याचरीले औषधि नछरेको, मरेको कुखुराको उचित व्यवस्थापनमा ध्यान नदिएको कारण दुर्गन्धित वातावरणले समस्या सृजना गरेको बताए ।
वडाध्यक्ष विजय गैरेले ह्याचरी सञ्चालक, प्रबन्धकलाई बारम्बार ध्यानाकर्षण गराएको दाबी गरे ।