सामुदायिक सेवा केन्द्रको आयोजनामा रक्तदान

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्


प्रस, वीरगंज, १२ असोज/
    सामुदायिक सेवा केन्द्र मुर्ली, श्रीपुरको आयोजनामा वीरगंज–११ त्रिमूर्ति टोलस्थित त्रिमूर्ति सिनेमाहलमा आयोजित रक्तदान कार्यक्रममा सातजना महिलासहित ३२ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी पर्साका कार्यालय प्रमुख उदयराज शर्माले बताए।
    रक्तदान कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दीपक साह, वडाध्यक्ष तुफान फारूक अन्सारी, सबिता कार्की, गीता चौहान, रञ्जना साह, शर्मिला पोखरेल, सीता ढुङ्गाना, इशा निरौला, रम्भादेवी तत्वा, प्रेम भण्डारी, नागेश्वर ठाकुर, पप्पु ढुङ्गानालगायतले रक्तदान गरेका थिए।
    यसैगरी, रूँगटा वेलफेयर सोसाइटीको आर्थिक सहयोगमा सामुदायिक सेवा केन्द्रमा जडित पिउने पानीको प्रहरी नायब उपरीक्षक मनोजीत कँुवरले उद्घाटन गरे। रूँगटा वेलफेयरले चिसो पिउने पानीको लागि मोटर, ट्याङ्कीसहित जडान गरेको सामुदायिक, मुर्लीका सचिव दिलीप प्रधानले बताए।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।