प्रस, निजगढ, ११ असोज/
पूर्व–पश्चिम राजमार्गको बारा पथलैयास्थित दुधौरा पुलनजीकै बसको ठक्कबाट स्कूटीमा सवार तीनजनाको घटनास्थलमैं मृत्यु भएको छ ।
बारा निजगढ नगरपालिका–१० लालका २६ वर्षीय तीर्थमान स्याङ्ताङ, २५ वर्षीया ज्योति स्याङ्ताङ र निजका १० महीने छोरा आहान स्याङ्ताड्को दुर्घटनास्थलमैं मृत्यु भएको प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले जनाएको छ ।
पथलैयाबाट निजगढतर्फ आउँदै गरेको प्रदेश २–०३–००४ प ४४४२ नं को स्कूटीलाई विपरीत दिशाबाट गइरहेको ना.४ख ७२४२ नम्बरको यात्रुवाहक बसले ठक्कर दिंदा दुर्घटना भएको पथलैया ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीले बसलाई नियन्त्रणमा लिए पनि बसचालक भने फरार छन् । फरार चालकको खोजी भइरहेको प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले जनाएको छ । मृतकहरूको शव शल्यपरीक्षणको लागि कलैया जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ । दुर्घटना आइतवार साँझ करीब ५ बजे भएको जनाइएको छ ।