प्रस, सिम्रौनगढ, २८ फागुन/

नेकपा एमालेको जनसभा एवं बृहत् पार्टी प्रवेश कार्यक्रम आज बाराको आदर्श कोतवाल गाउँपालिकास्थित श्रीराम चरित्र माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । जनसभार्मा नेकपा एमालेका राष्ट्रिय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीले भने, “हामी यस भूमिबाट बोलिरहेका छौं, जहाँको एउटा इतिहास छ, यहाँ अनेकौं स्वतन्त्रता सेनानीको जन्म भएको छ ।

यो स्थान पछि पर्नुका कारण यहाँ जनचेतना र जागरूकताको कमी छ । अहिले नेकपा एमालेमा प्रवेश गर्नेको लहर चलेको चर्चा गर्दै आगामी बन्ने एमालेको सरकारले देश पनि विकास नगर्ने दाबी गरे ।

बारामा २०७५ सालमा आएको चक्रवातमा ७७९ घरपरिवारलाई केही महीनाभित्रै घर निर्माण गरी उनको सरकारले हस्तानान्तरण गरेको बताउँदै गरीब, विपन्न परिवारको लागि फुसको घर विस्थापन गर्न र जस्तापाताको घरसहितको जनता आवास कार्यक्रम पनि आफूले नै ल्याएको औंल्याए ।

वीरगंजका प्रमुख सरावगी एमालेमा आएपछि आगामी चुनाव एमालेले कब्जा गर्ने बताइएको छ । नेकपा एमाले तराई, पहाड, हिमालका जनताको साझा पार्टी  भएको पनि उनले बताए ।

जनसभाको अवसरमा आदर्शकोतवाल गापाका अध्यक्ष मुस्तुफा अन्सारीसहितको टोली र अन्य पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए ।

बाराका विभिन्न ठाउँबाट गरी करीब सयौंजना नेकपा एमालेमा प्रवेश गरेको घोषणा गरिएको
थियो ।

नेकपा एमाले बाराका अध्यक्ष विनोद साहको अध्यक्षतामा भएको कार्यक्रममा  पूर्वमन्त्री ज्वालाकुमारी साह,पोलिटब्युरो सदस्य अच्युत मैनाली, पुरुषोत्तम पौडेलले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here