प्रस, सेढवा, २८ फागुन/

दोस्रो पटेर्वासुगौली गोल्डकपको उपाधि कालिका स्पोट्र्स एकेडेमी चितवनले उचालेको छ । पटेर्वासुगौली गाउँपालिकाको आर्थिक सहयोगमा समता समाज नेपालको आयोजनामा निचुटाको खेलमैदानमा शनिवार भएको फाइनल खेलमा चितवनले जीत हासिल गरेको हो ।

चितवनले वसन्तपुर युनाइटेड माडीलाई शून्यका विरुद्ध दुई गोल गरी विजेता बनेको हो । विजेता चितवनलाई गाउँपालिका अध्यक्ष हरिनारायण चौधरीले नगद दुई लाख तथा ट्रफी प्रदान गरेका थिए । त्यस्तै, उपविजेता वसन्तपुर युनाइटेड माडीलाई दोस्रो पुरस्कारबापत एक लाख नगद तथा ट्रफी प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here