बलिराम शुक्ला, बिरुवागुठी, २६ फागुन/
जनता मावि प्राविधिक शिक्षालय, पकडिया बडनिहारको आयोजना र व्यवसायी शिक्ष्Fा तथा तालीम अभिवृद्धि परियोजनाको सहयोगमा विद्यालय गुणस्तर सुधार कार्यक्रम अन्तर्गत रोजगारदाता एवं विषयविज्ञसँग कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
प्रधानाध्यापक मोहनप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यशाला गोष्ठीमा कृषि ज्ञान केन्द्र, पर्साका प्रमुख मुनीलाल प्रसादले कृषि क्षेत्रमा खेतीयोग्य जग्गाहरूको प्लटिङ भइरहेको कारण खेतीयोग्य जग्गाको नाश भइरहेको बताए । उनले यसको रोकथाम नगरे खाद्यान्न सङ्कट हुन सक्ने बताए ।
कार्यक्रममा कृषि औजार अनुसन्धान केन्द्रका प्रतिनिधि राजीव यादवले आधुनिक कृषि औजार उपकरणको प्रयोग गर्न सुझाव दिए ।
पशुरोगविज्ञ डा दिनेश तिवारीले पशुमा लाग्ने रोग र त्यसको उपचारबारे सहभागीहरूलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा विभिन्न रोजगारदाता, कृषि भेटेरिनरीमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता
थियो । गोष्ठीमा पूर्वप्रअ अरुणकुमारलाल कर्णलगायतले मन्तव्य राखेका थिए भने स्वागत शिक्षालयका प्रमुख तपेश्वर यादव र सहजीकरण शिक्षक राजन गिरीले गरेका थिए ।