रामेश्वर मेहता, सिम्रौनगढ, २५ फागुन/

ऐतिहासिक, पर्यटकीय, धार्मिक स्थल सिम्रौनगढको पुरानो गाउँ कङ्कालीनगरका बासिन्दाहरू अन्यत्र पलायन हुँदा गाउँ गोठमा सीमित भएको छ ।

आठ दशकपहिले यो गाउँ कङ्कालीनगरको नामले प्रसिद्ध थियो ।

सिम्रौनगढको धार्मिक विवरण र जनश्रुति अनुसार कङ्कालीमाईको आगमन भएपछि सिम्रौनगढ ध्वस्त भएको थियो । त्यसपछि योगी मान्सारामले यहाँ कङ्कालीमाईको मन्दिर स्थापना गरेका थिए । त्यसै कारण यस गाउँको नाम कङ्कालीनगर हुन गयो । यो नगरमा पहिले घनाबस्ती थियो । यहाँ दलित, चमार, दुसाध, नुनिया, कोइरी जातिका मानिसहरूको बसोबास थियो ।

यो गाउँ सुनसान ठाउँमा भएको कारण चोर, डाँका, बदमाशहरूको आतङ्क थियो । गाउँमा दिनहुँ लुटपाट, चोरी, डकैती हुन थालेपछि यहाँका बासिन्दाहरू पलायन हुँदै कचोर्वा, कटहरिया, ठूलो इटवाल, सानो इटवाल, सिम्रौनगढ बजार र भगवानपुरमा बस्न थाले । स्थानीय बासिन्दा पलायन भएका कारण यहाँ अहिले आठ/दश वटा गोठ मात्र रहेको स्थानीय वृद्ध बेदामी महतो कोइरीले बताए ।

सिम्रौनगढ नगरपालिका–५ स्थित कङ्कालीनगरलाई पुनः बस्न योग्य बनाउन नगरपालिका र सम्बन्धित निकायले ध्यान दिनुपर्ने वृद्ध कोइरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here