व्यस्त जीवनशैलीको कारण उमेरभन्दा अगावै कपाल सेतो हुन्छ । कपाल सेतो भएपछि विभिन्न केमिकल मिश्रण मेंहदी लगाएर केही समयको लागि कपाल कालो गर्न सकिन्छ तर त्यसले पछि नकारात्मक असर गर्छ । तसर्थ घरेलु उपचार विधि अँगालेर सेतो कपाल कालो गर्न सकिन्छ ।
अमला– अमलाको चारवटा टुक्रालाई नरियलको तेलमा उमाल्ने । यो तेललाई तबसम्म उमाल्नुपर्छ जबसम्म अमलाको रङ्ग जाँदैन । यस तेललाई टाउकोमा मालिश गर्नुपर्छ । नरियलको तेल– नरियलको तेलमा कागतीको केही थोपा मिसाएर टाउकोमा मालिश गर्दा कपालमा चमक आउँछ । साथै नरियलको तेलमा नीमको पात, जवाकुसुमको फूल मिसाएर तातो गरी टाउकोमा मालिश गर्नुपर्छ ।
लौका– लौकालाई सुकाएर नरियलको तेलमा उमाल्ने । तेललाई छानेर सातामा दुई तीनपटक कपालमा लगाएर १० मिनेटसम्म मालिश गर्ने । अरन्डी र सस्र्यूंको तेल– यसको लागि एक चम्चा अरन्डी र २ चम्चा सस्र्यूंको तेल तताउने । त्यसपछि तेल मनतातो भएपछि कपालको जरामा लगाएर १० मिनेटसम्म मालिश गर्ने । ४५ मिनेटपछि ताजा पानी र शैम्पु लगाएर कपाल
धुनुपर्छ ।