प्रस, वीरगंज, १३ फागुन/
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले समाजमा विकृति नहटेसम्म सुन्दर समाजको निर्माण नहुने बताएका छन्।
सामुदायिक सेवा केन्द्र, मुर्लीको आयोजना र जिल्ला प्रहरी कार्यालय, पर्साको सहयोगमा चिल्डे«न वल्र्ड माविमा आयोजित लागूऔषध र साइबर क्राइम विषयक अन्तरक्रिया कार्यक्रममा प्रजिअ ढकालले लागूऔषध र साइबर क्राइमका कारण अधिकांश अभिभावक पीडित भएको बताए। प्रजिअ ढकालले समाज सुधार्न विद्यार्थीहरू आवश्यक भएकोले विद्यार्थीहरूबाटै यो कार्यक्रम अगाडि बढ्न सक्ने बताए।
प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेललगायतले मन्तव्य व्यक्त गरेका थिए। सामुदायिक सेवा केन्द्र, मुर्लीका अध्यक्ष राम सर्राफको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कुलनारायण (दिलीप) प्रधानले गरेका थिए।