शल्यक्रिया आधुनिक युगको देन मानिन्छ तर यो सत्य होइन, उत्खननको क्रममा यस्तो प्रमाण भेटिएको छ, जसबाट यो थाहा हुन्छ कि शल्यक्रिया हजारौं वर्ष पहिले पनि हुन्थ्यो । यस्तै, एउटा प्रमाण भेटिएको छ, एउटा चिहानमा पाँच हजार तीन सय वर्ष पुरानो खप्पर भेटिएको छ, जसको कानको शल्यक्रिया गरिएको थियो ।
पुरातŒवविद्को एउटा समूहले स्पेनको एउटा चिहानबाट ५३ सय वर्ष पुरानो खप्पर भेटेको छ । यो संसारमैं गरिएको कानको शल्यक्रियाको सबैभन्दा पुरानो प्रमाण हो । बायाँ कानको वरपर खप्परमा थुप्रै काटिएका चिह्न देखिन्छन्, जसको अर्थ हो कानको दुखाइ निको गर्न कान वरपर शल्यक्रिया गरिएको थियो ।
साइन्टिफिक रिपोट्र्समा जारी एउटा लेखमा स्पेनिश शोधकर्ताहरूको निष्कर्ष छ, यो प्रमाण एउटा मास्टोइडेक्टोमीतर्फ इशारा गर्छ । त्यति बेला यस प्रागैतिहासिक व्यक्तिलाई ओटिटिएस मिडिया र मास्टोइडाइटिसका कारण कान दुख्दा यो शल्यक्रिया गरिएको हुन सक्छ ।
शोधकर्ताले निष्कर्ष निकालेको छ कि खप्पर एउटा मध्यम आयु वर्गको महिलाको थियो, जुन नवपाषाण युगमा थिइन् । यो चिहान स्पेनको बर्गोसमा खोजिएको थियो । सन् २०१६ मा वेलाडोलिड विश्वविद्यालयका शोधकर्ताद्वारा खप्परलाई लगभग १०० अन्य व्यक्तिको अवशेषसँग भेटाएका थिए । खप्परको आफ्नो मास्टोयड हाडको नजीकै दुवै किनारमा दुईवटा छिद्रको प्रमाण पनि भेटिएको छ । यसले कानमा बढ्दो दबाबलाई हटाउन शल्यक्रियाको प्रयास गरिएको शोधकर्ताले बताएका छन् ।