प्रस, वीरगंज, ९ असोज/
जिल्ला प्रहरी कार्यालय पर्साले बिहीवार वीरगंजको दुई स्थानबाट भन्सार छली भिœयाइएको तीन लाख मूल्यबराबरको सामान बरामद गरी भन्सार कार्यालय चलान गरेको छ ।
जिप्रका पर्साले जनाए अनुसार कुम्हालटोलमा सुजीतकुमार सिंहको घरमा डेरा गरी बस्ने नाम, ठेगाना नखुलेको व्यक्तिले भण्डार गरेको कुर्ता सुरुवाल १९३ थान, नाइटी ३३ थान र सुर्ती ४० किलो बरामद भएको थियो ।
यसैगरी, वीरगंज–२ श्रीराम हलपछाडि टिनको घरमा भण्डार गरिएको १३७ थान रेडिमेड सर्ट, ४५ किलो सुर्ती बरामद गरिएको थियो । बरामद सामान आवश्यक कारबाईको लागि वीरगंज भन्सार कार्यालय चलान गरिएको जिप्रका पर्साले जनाएको
छ ।