महामारीको समयमा धेरैजनालाई अनलाइन जुवाको लत बसेको छ । धेरैजसोले जुवा मनोरञ्जनको रूपमा खेल्छन्, जसको कुनै गम्भीर नकारात्मक परिणाम हुँदैन । रक्सी र नशालु औषधिको लतमा शारीरिकरूपमा लक्षण देखिन्छ तर जुवाको लतको स्पष्ट सङ्केत देखिंदैन ।
द लैन्सेट साइकियाट्रीमा प्रकाशित एउटा लेखमा जुवाको लतमाथि शोध गर्दै समीक्षा गरिएको
छ । विश्व स्वास्थ्य सङ्गठनको अनुमान अनुसार सन् २०१६ देखि संसारभरि जुवा खेल्नेहरूलाई वार्षिक जुवामा नोक्सानको अनुमान कुल चार सय अर्ब डलर थियो । सन् २०२१ मा युकेको जुवा आयोगले अनुमान गरेको थियो ‘जुवा विकार’को प्रसार ०.४ प्रतिशत जनसङ्ख्यामा छ ।
एउटा सर्वेक्षणमा जुवा समस्याको अधिकतम दर एशियामा पाइएको छ, त्यसपछि अस्टे«लिया र उत्तरी अमेरिकामा । यस क्रममा युरोपमा जुवा खेल्नेहरूको दर कम थियो । शोधकर्ताले जुवाको समस्या मापनको लागि ‘गेम सिमुलेशन’ विकसित गरेका छन् (जसलाई उनीहरू टास्क भन्छन्) जस्तै आयोवा जुवा टास्क र कैनटैब क्याम्ब्रिज जुवा टास्क ।
यो प्रणालीले जुवाडीहरूको जोखिमपूर्ण निर्णय लिने र सट्टाबाजीको आकलन गर्छ, प्रतिभागीलाई यो अनुमान लगाउनको लागि भनिन्छ कि के नीलो वा रातो बाकसभित्र एउटा पहेंलो चिप लुकेको छ, जसमा समयको साथ नीलो र रातो बाकसको अनुपात बदलिरहेको छ । त्यसपछि जुवाडेहरूले तय गर्न सक्छन् कि उनीहरूको निर्णयमाथि दाउ लगाउनको लागि त्यसको कति अङ्क छ । यदि जुवाडेहरूले जित्छन् भने उनीहरू आप्mनो कुल अङ्कमा जोड्छन्, तर यदि हार्छन् भने त्यो अङ्क गुमाउँछन् ।
उनीहरूलाई सचेत रकम सुझाव दिइन्छ ताकि सबै अङ्क गुमाएर कतै कङ्गाल नहोस् । यो टास्क ती जुवाडेलाई पत्ता लगाउने काममा लाग्न सक्छ, जसमा अहिलेसम्म जुवाको विकार विकसित भएको छैन तर त्यो विकसित हुने जोखिममा छ, तर अहिलेसम्म भएको छैन– विशेषगरी यदि उसले आवेगी हुने लक्षण देखाउँछ ।
यस्तो टास्कको उपयोग गर्दै शोधबाट पत्ता लागेको छ कि स्वस्थ व्यक्तिमा सट्टाबाजी १७ देखि २७ वर्ष आयुका व्यक्तिमा सबैभन्दा आम छ । र जसरी हामी ठूलो हुँदै जान्छौं, यस लतमा गिरावट आउन थाल्छ । एउटा अन्य अध्ययनले पत्ता लगाएको छ कि व्यसनको समस्या भएका जुवाडे समयको साथै आप्mनो सट्टाबाजीलाई बढाउँछ र अन्त्यमा कङ्गाल हुन्छ । रक्सी र निकोटिन निर्भरतालाई पनि सट्टाबाजीको बढी समस्यासँग जोडिएको छ ।
न्युरोइमेजिङ अध्ययनबाट यो स्पष्ट छ कि जुवासँग सम्बन्धित कैयौं मस्तिष्क क्षेत्र छन् । शोधले पत्ता लगाएको छ कि जोखिमपूर्ण निर्णय लिने सम्बन्धित महŒवपूर्ण क्षेत्रहरूमा वेन्ट्रोमेडियल प्रिफ्रन्टल कोर्टेक्स (निर्णय लिने, स्मृति र भावना विनियमनसँग सम्बद्ध) सामेल छ, ओरबिटल फ्रन्टल कोर्टेक्स (जुन शरीरलाई भावनाको जवाफ दिन मदत गर्छ) र इन्सुला (जुन स्वायत्त तन्त्रिका तन्त्रलाई नियन्त्रित गर्छ) ।
जुवाको लतको शिकार जुवाडे यी क्षेत्रमा गतिविधि बढाउन सक्छन्, जब जुवाडे आप्mनो दाउको परिणाम देख्छन्, तब उनीहरू मस्तिष्कको इनाम प्रणालीमा मस्तिष्कको सक्रियतालाई देखाउँछ, जसमा कोडेट न्युक्लियस पनि सामेल छ । यो त्यस्ता व्यक्तिमा विशेषरूपले मजबूत हुन सक्छ जो जुवाको अम्मली छ । डोपामाइन, एउटा तथाकथित न्युरोट्रान्समिटर जसले तन्त्रिका कोशिकालाई सञ्चार गर्न मदत गर्छ, मस्तिष्कको इनाम प्रणालीमा एउटा महŒवपूर्ण रसायनको रूपमा पनि जानिन्छ ।
एउटा अनुसन्धानमा स्वस्थ मFन्छेको तुलनामा जब उनीहरूको दिमागमा डोपामाइन जारी गरियो, तब जुवाडेहरूले उच्च स्तरमा उत्साह देखाए । डोपामाइन रिलिजले उत्साह स्तरलाई बढाएर, जोखिमपूर्ण निर्णयको निषेधलाई कम गरेर वा दुवैको संयोजनको माध्यमबाट जुवाको समस्यालाई बढाउँछ ।
वर्तमानमा अमेरिकन साइकियाट्रिक एशोसिएशनद्वारा प्रकाशित मानसिक विकारहरूको नैदानिक र साङ्ख्यिकीय मैनुअल (डिएसएम–५) को उपयोग गरेर जुवा विकारको निदान गरिन्छ ।
युकेको नेशनल इन्स्टिच्युट फर हेल्थ एन्ड केयर एक्सिलेन्सबाट जुवा विकारको उपचार र प्रबन्धनको लागि दिशानिर्देश पनि विकसित गरिंदै छ र यो सन् २०२४ मा प्रकाशित हुने आशा छ । वर्तमान उपचार विकल्पहरूमा केही प्रकारका संज्ञानात्मक व्यवहार थेरापी (जुन मान्छेको सोच्ने शैलीलाई बदलिन मदत गर्छ) र स्वयम् सहायता समूह सामेल छ । केही औषधि, जस्तै चयनात्मक सेरोटोनिन रिपटेक इनहिबिटर जुवा विकारका लक्षणहरू जस्तै अवसादको पाटोलाई कम गर्न प्रभावी हुन सक्छ ।
सबै मानसिक स्वास्थ्य समस्यासरह यसमा पनि शीघ्र सहायता र उपचार प्राप्त गर्न महŒवपूर्ण छ । यो विशेषरूपले महŒवपूर्ण हुन्छ ताकि सामान्य खुशी, जस्तै परिवारसँग समय बिताउने, घुमफिर र व्यायामको आनन्द लिने, जहिले पनि सुखद रहने र सुखको यो भावना जुवाप्रति बलि नचढोस् ।