नेपाल र भारतमा पान ठूलो मात्रामा खपत हुन्छ । कतिपय ठाउँमा विवाहमा पान खानु निकै शुभ मानिन्छ । पूजापाठ जस्ता शुभ कार्यमा पनि पानको प्रयोग गरिन्छ । धेरै ठाउँमा पान खानु परम्पराको हिस्सा हो । त्यहाँ घर आएका मानिसहरूलाई खानापछि पान खुवाइन्छ । जुन स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

विवाहित पुरुषको पुरुष शक्ति बढाउँछ

धेरै कमलाई थाहा होला कि पान खाँदा पुरुषको यौन शक्ति बढाउन मदत गर्छ । वास्तवमा पानको पातमा एन्टी–डायबेटिक, एन्टी–इन्फ्लामेटरी, एन्टी–इन्फेक्टिव, एन्टी सेप्टिक र डिओडोरेन्ट गुणहरू हुन्छन् । त्यसैले पान खाँदा टेस्टोस्टेरोन हर्मोनको स्तर पनि बढ्छ । जसका कारण पुरुषमा कामवासना बढ्छ । यसले पुरुषमा यौन शक्ति धेरै बढाउँछ । यही कारणले गर्दा विवाहित पुरुषलाई राति सुत्नुअघि पान खाने सल्लाह दिइन्छ ।

पाचन प्रणालीलाई स्वस्थ राख्छ

पान खानुका अन्य धेरै फाइदा छन् । खानापछि पान खाँदा हाम्रो पाचन प्रणाली ठीक रहन्छ । यसले शरीरलाई खाना पचाउन मदत गर्छ । खाना खाइसकेपछि पान खाँदा पेट दुख्ने, ग्याँस हुने र छातीको जलन जस्ता समस्याबाट राहत मिल्छ । यही कारणले गर्दा नेपाल र भारतका धेरै ठाउँमा खानापछि पान खाने चलन छ ।

घाउ छिटो निको पार्न मदत गर्छ

पानको पात घाउ छिटो निको पार्न प्रयोग गरिन्छ । वास्तवमा पानको पातमा एन्टिअक्सिडेन्ट तŒव पाइन्छ, जसले घाउ छिट्टै निको पार्न मदत गर्छ । यदि तपाईंलाई कहिले चोट लागेमा पानको पातको रस निकालेर घाउमा लगाउनुहोस् र त्यसपछि पानको पातले छोपेर पट्टी बाँध्नुहोस् । केही समयपछि घाउ निको हुन थाल्छ ।

सुपारीले कब्जियत हटाउँछ

कब्जियत आजकल एक सामान्य समस्या बनेको छ । यो हाम्रो बिग्रिएको जीवनशैलीसँग सम्बन्धित समस्या हो । यदि तपाईंलाई पनि कब्जियतको समस्या छ भने केही दिन खाना खाइसकेपछि पानको नियमित सेवन गर्नुहोस् । यसका साथै एक गिलास पानीमा पानको पातको टुक्रा हालेर रातभर राख्नुस् । यो पानी भोलिपल्ट बिहान खाली पेटमा पिउनुहोस् । तपाईंले पक्कै यसबाट लाभ उठाउनुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here