युक्रेन (कीभ), ७ फागुन/एएनआई

रूस र युक्रेनबीच बढ्दो तनावका बीचमा लुहान्स्कमा शक्तिशाली विस्फोट भएको स्पुतनिकले जनाएको छ । विस्फोट ग्याँस पाइपलाइन दुज्र्भामामा भएको र ठूलो आगोलागी भएको हुन सक्ने प्रक्षेपण गरिएको छ । स्थानीय ग्याँस पूर्वाधार व्यवस्थापन लिहान्स्कगासले विज्ञप्तिमार्फत जनाए अनुसार आपत्कालीन टोली अहिले त्यस क्षेत्रमा उपस्थित छ ।

स्वघोषित डोनेटस्क र लुगान्स्क जनवादी गणतन्त्रले युक्रेनी सशस्त्र बलले गरेको गोलाबारीको समाचार सम्प्रेषण गरेपछि युक्रेनको डोनबासको सम्पर्क लाइनमा तनाव बढेको छ ।

करीब २५,००० लुहान्स्क बासिन्दा रूसको सीमापारि पुगे

डोनबासमा हिंसा बढ्न थालेपछि करीब २५,००० लुहान्स्क बासिन्दाले रूसको सीमा पार गरिसकेका छन् । आपत्कालीन मन्त्रालयका प्रवक्ताले शनिवार जनाए अनुसार एलपिआर र स्वयंघोषित डोनेटस्क जनवादी गणतन्त्र (डिपिआर)ले सम्पर्क लाइनमा तनाव बढ्दै गएपछि आफ्ना नागरिकलाई रूसको रोस्तोभ क्षेत्रमा सार्ने घोषणा गरेका हुन् ।

“करीब २५,००० नागरिकले सीमा पार गरेका छन्,” प्रवक्ताले रूसी कार्यवाहक आपत्कालीन मन्त्रीलाई बताए अनुसार ती व्यक्ति निजी सवारीसाधन प्रयोग गरी सीमा पार गरेका हुन् । प्रवक्ताले अहिले करीब १०,००० शरणार्थी सीमा पार गर्ने तयारीमा रहेको पनि उल्लेख गरेका
छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here