चिया जुनसुकै बेला सेवन गर्नुहुँदैन तथा चियासँग जेसुकै खानेकुरा खानुहुँदैन । यसले स्वास्थ्यमा नकारात्मक असर गर्छ । बिहान खाली पेट चिया सेवन गर्नुहुँदैन भनेर हामीले अन्य खाद्यवस्तुसँग चिया खाने गर्छौं । यसबाट स्वास्थ्यमा बेफाइदा गर्छ । तसर्थ चियासँग के कुरा खानुहुँदैन त्यसबारे चर्चा गरौं ।

स्प्राउट्स वा काँचो फल–तरकारीसँग चिया कहिल्यै सेवन गर्नुहुँदैन । यसो गर्दा स्वास्थ्य बिग्रिन सक्छ ।

बेसनबाट बनेका खानेकुरासँग खानुहुँदैन । धेरैजसोले पकौडी र चिया खाने गर्छन् । पकौडी बेसनबाट बनेको हुन्छ तसर्थ चियासँगै पकौडी सेवन गर्नुहुँदैन । बेसार मिसाएको खाद्य पदार्थसँग पनि चिया सेवन गर्नुहुन्न । यसले पाचन प्रक्रिया गडबड गर्न सक्छ ।

अमिलो फल र कागतीसँग पनि चियासँगै सेवन गर्नुहुँदैन । यसले एसिडिटी र पाचनसम्बन्धी समस्या उत्पन्न हुन्छ । चिया पिउने बित्तिकै पानी कहिल्यै पिउनुहुँदैन । यसले पनि पाचनतन्त्रमा नकारात्मक असर गर्नुको साथै एसिडिटी र पेटसम्बन्धी समस्या उत्पन्न गर्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here