आजको समयमा हामीले जुन पनि खानेकुरा फ्रिजमा राख्छौं । तर केही खानेकुरा फ्रिजमा राख्दा हानिकारक बन्छ । फ्रिज र बाहिरको वातावरण भिन्दाभिन्दै हुन्छ । त्यस्तै केही खानेकुरालाई चीसो वातावरणमा राख्नु पनि हुँदैन ।
कफीः फ्रिजको तापमान सामान्यभन्दा बढी हुन्छ, यसै कारण कफीलाई फ्रिजमा राख्नुहुँदैन । कफीलाई कोठाको तापमानमा राख्नुपर्छ । गर्मी, नमी र प्रकाशबाट कफीलाई टाढा राख्नुपर्छ ।
गोलभेंडाः गोलभेंडा फ्रिजमा राख्दा त्यसको स्वादमा कमी र आकार पनि परिवर्तन हुन्छ । साथै यसको पोषक तŒव पनि कम हुन्छ । कोठाको तापमानमा गोलभेंडा राख्दा पाक्छ र स्वाद पनि राम्रो हुन्छ ।
तुलसीः तुलसीको पातलाई फ्रिजमा कहिल्यै राख्नुहुँदैन, यसबाट तुलसीको स्वाद नष्ट हुन्छ, पात ओइलाउँछ । तुलसीको पातलाई पानीले भरिएको गिलासमा राख्दा तुलसी ताजा रहन्छ ।
एभोकाडोः यस फललाई पाकेपछि मात्र खानुपर्छ । तसर्थ फ्रिजमा राख्दा यो पाक्दैन । यसलाई प्राकृतिकरूपमा पकाउन कोठाको सामान्य तापमानमा राख्नुपर्छ ।
प्याजः प्याज नबिग्रियोस भनेर फ्रिजमा राख्नुहुन्छ ? फ्रिजमा प्याज राख्दा यो रबरजस्तो हुन्छ । साथै यसमा ढुसी पनि पर्छ, अङ्कुरित हुन सक्छ । यसलाई कोठाको खुला वातावरणमा राख्दा लामो समयसम्म टिकाउ हुन्छ र बिग्रिंदैन ।
महः मह फ्रिजमा राख्नुहुँदैन । प्राकृतिकरूपले राख्दा यसको पोषक तŒव नष्ट हुँदैन । अनिश्चित समयसम्म पनि कोठाको सामान्य तापमानमा मह राख्दा बिग्रिंदैन ।
केचपः केचपमा पहिलेदेखि प्रिजर्भेटिभ हुन्छ तसर्थ यसलाई फ्रिजमा राख्नुपर्दैन ।
सुन्तलाः अमिलो फललाई चीसो तापमानमा राख्दा त्यसको स्वाद बिग्रिन्छ र पाक्दैन तथा शरीरलाई पनि नोक्सान पु¥याउँछ । फ्रिजमा सुन्तला राख्दा सुक्छ । यसैले कोठाको सामान्य तापमानमा सुन्तला राख्दा पाक्छ, अमिलो भए पनि स्वादिलो र मीठो हुन्छ ।
मेवाः मेवालाई फ्रिजमा राख्दा बेकार र बेजान हुन्छ । काँचो मेवालाई घरकै वातावरणमा राख्दा पाक्छ । मेवालाई कहिल्यै एउटा स्थितिमा राख्नुहुँदैन, पटक–पटक पल्टाइरहनुपर्छ ।
आलुः आलु फ्रिजमा राख्दा गुलियो हुन्छ र त्यसको स्वाद पनि बिग्रन्छ ।
डोनट्स वा पाउरोटीः यी खाद्य वस्तुलाई फ्रिजमा राख्दा फ्रेस रहन्छ तर लामो समयसम्म फ्रिजमा राख्दा यसको स्वाद नष्ट हुन्छ, सुक्खा हुन्छ । यसैले डोनट्स र पाउरोटीलाई दुई दिनभित्र उपभोग गर्नुपर्छ ।
जैतुनको तेलः जैतुनको तेल निकै फाइदाजनक हुन्छ तर यसलाई फ्रिजमा राख्नुहुँदैन । जर्नल अफ फूड साइन्सको रिपोर्टमा जैतुनको तेललाई फ्रिजमा राख्दा त्यसको पोषक तŒव नष्ट हुने बताइएको छ ।