प्रागैतिहासिक कालको वस्तु महŒवपूर्ण हुन्छ तर कहिलेकाहीं उत्खननमा यस्तो वस्तु निस्किन्छ जसको इतिहास बुझ्न सकिंदैन । पुरातŒवविद्हरूले पछिल्लो शताब्दीमा प्रागैतिहासिक कलाको सबैभन्दा महŒवपूर्ण टुक्राको खोज गरेका छन् ।
यो बच्चाको चिहानमा भेटिएको प्राचीन ड्रम पाँच हजार वर्ष पुरानो हो । यसलाई वल्र्ड अफ स्टोनहेन्ज प्रदर्शनीमा सार्वजनिक गर्नका लागि राखिने छ । यो टुक्रा स्वतन्त्र कम्पनी एलन पुरातŒवद्वारा बर्टन एग्नेस गाउँमा नियमित उत्खननको क्रममा भेटिएको हो ।
ब्रिटिश सङ्ग्रहालयको प्रदर्शनीका क्युरेटर जेनिफर वेक्सलर अनुसार यो ड्रम रोचक छ, किनभने यसको मूल रूपमा एक प्रकारको कलात्मक भाषा सामेल छ जसलाई हामीले अहिले पूरै ब्रिटिश द्वीपहरूमा देख्न सक्छौं ।
हामी ५ हजार वर्ष पहिलेको कुरा गर्दैछौं । यस नयाँ खोजको कारण हामी वास्तवमा कार्बन–१४ डेटिङ (जसलाई रेडियोकार्बन डेटिङ पनि भनिन्छ)को साथ कङ्कालहरूको डेटिङ गर्न सक्षम छौं । कार्बन डेटिङमा यो कलात्मक ड्रम हाम्रो विचारले ५ हजार वर्ष पुरानो हो । यो ड्रम हतारमा प्वाल परेको छ शायद चिहानमा तीनवटा शवको उपस्थितिको कारण यस्तो भएको हुन सक्छ ।
नील विल्किनले भने– यस कलाको विश्लेषण त्यस युगको प्रतीकवाद र विश्वासलाई बुझ्न मदत गर्छ, जसमा स्टोनहेन्ज निर्माण गरिएको थियो । हामी यी अद्भूत वस्तुलाई हेर्न सय वर्षदेखि प्रतीक्षा गरिरहेका छौं । चिहान एउटा दुर्लभ खोज हो किनभने नियोलिथिक ब्रिटेनमा प्राचीन मान्छे साधारणतया शवको दाह संस्कार गर्दथे वा कागहरूलाई खानका लागि छाडिदिन्थे ।