इन्द्रसरोवरमा पानीको सतह ह्वात्तै बढ्यो

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, मकवानपुर, ८ असोज/
लगातार भइरहेको वर्षाका कारण मकवानपुरको कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरमा पानीको सतह ह्वात्तै बढेको छ । एकै दिन झन्डै दुई मिटर पानीको सतह बढेको आयोजनाका कर्मचारीले बताएका छन् । २४ घण्टाको अवधिमा पानीको सतह ह्वात्तै बढेको आयोजनाका कर्मचारी पूर्णबहादुर बलामीले जानकारी दिए ।
आज बिहानसम्म जलाशयको सतह समुद्री सतहबाट एक हजार ५२१ दशमलव २१ मिटर पुगेको छ । अघिल्लो दिन सोही समयमा पानीको सतह एक हजार ५१९ दशमलव ४८ मिटर थियो ।
कुलेखानी जलाशयमा समुद्री सतहबाट एक हजार ५३० मिटरसम्म पानी जम्मा गर्न सकिने क्षमता छ । वर्षाका समयमा पानी सञ्चय गरेर हिउँदमा विद्युत् उत्पादनमा प्रयोग गरिन्छ । आयोजनाको तीनवटा विद्युत् उत्पादन केन्द्रमध्ये पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पर्ने इन्द्रसरोवर मुलुककै सबैभन्दा ठूलो मानवनिर्मित जलाशय हो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।