प्रस, वीरगंज, १ फागुन/

२७औं जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादीनिकट भ्रातृ सङ्गठन वाइसिएलले मानवसेवा आश्रममा कपडा तथा फलफूल वितरण गरेको छ ।

वाइसिएल नेपाल, पर्साका अध्यक्ष पिन्टु रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज ओमप्रकाश गुप्ता, प्रदेश कमिटी सदस्य एवं महानगर इन्चार्ज बाबुराम कौशिक, रामबाबू बैठा, महानगर कमिटी सचिव सुरेन्द्र गुप्तालगायतको सहभागिता थियो ।

यसैगरी, धोबिनी गाउँपालिकामा पनि जनयुद्ध दिवस मनाइएको थियो । कार्यक्रममा प्रभु पटेल, सुब्बा राम, इमदाद गद्दी, कामिल देवान, सन्तोष पटेललगायतले मन्तव्य दिएका थिए ।

त्यस्तै, पर्सागढी नगरपालिकामा आयोजित जनयुद्ध दिवस कार्यक्रममा अमिताभ बच्चन दास, छोटेलाल पटेल, प्रेस सेन्टर, पर्साका अध्यक्ष नीरज पिठाकोटेमगरलगायतको सहभागिता थियो ।

प्रस, जीतपुर/
नेकपा (माओवादी केन्द्र) जीतपुरसिमरा उपमहानगर कमिटीले २७औं जनयुद्ध दिवस मनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा केन्द्रीय सल्लाहकार उद्धव पोखरेलले निरङ्कुश शासनको अन्त्य र लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि माओवादीले आजकै दिनदेखि जनयुद्ध शुरू गरेको बताए । उनले मधेस प्रदेश सरकारले जनयुद्ध दिवसमा बिदा दिएर सराहनीय कार्य गरेको बताए ।

नेकपा (माओवादी केन्द्र) जीतपुरसिमराका अध्यक्ष प्रेम बरालको सभापतित्वमा भएको कार्यक्रममा संविधानसभा सदस्य जयराम दाहाल, अर्जुन चिमोरियालगायतको सहभागिता थियो ।

प्रस, पोखरिया/
नेकपा माओवादी केन्द्र, पोखरिया नगर कमिटीको आयोजनामा जनयुद्ध दिवस मनाइएको छ ।

दिवसको अवसरमा आज साँझ पोखरिया बजारमा मैनबत्ती बालिएको नगर कमिटी अध्यक्ष पन्नालाल पटेलले बताए ।

प्रस, रौतहट/
नेकपा (माओवादी) केन्द्र नगर कमिटी गौरले आइतवार २७औं जनयुद्ध दिवस मनाएको छ । गौर नगरपालिकाको बिपी चोकमा नगर कमिटी अध्यक्ष चन्देश्वर राउतको अध्यक्षतामा जनयुद्ध दिवस मनाइएको हो ।

मैनबती बाली जनयुद्ध दिवस मनाउने क्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य सुधीर यादवले शहीदहरूको सपना पूरा नभए लोकतान्त्रिक गणतन्त्रको कुनै औचित्य नहुने बताए । शहीदहरूको इच्छा, आकाङ्क्षा पूरा गर्न सबै लाग्नुपर्ने बताए । सोही अवसरमा राजनारायण यादवले जनयुद्धको उदेश्यबारेमा प्रस्ट धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here