क्यानडाको मैकमास्टर युनिभर्सिटीका वैज्ञानिकले सासको माध्यमबट दिने खोप तयार गरेका छन् । वैज्ञानिकले दाबी गरेका छन्, नयाँ इनहेल्ड भ्याक्सिन कोरोनाका सबै भेरियन्टमा असरदार हुन्छ ।
जर्नल सेलमा प्रकाशित रिपोर्ट अनुसार विशेष प्रकारको यो खोप सासको माध्यमबाट दिइन्छ । यसैले यसलाई एरोसोल भ्याक्सिन पनि भनिन्छ । कोरोनाका नयाँ भेरियन्टमा यो खोप असरदार साबित हुन सक्छ । यस खोपले सीधैं फोक्सो र सास नलीलाई लक्ष्य गर्छ ।
अहिले कोरोनाको खोप प्रायःजसो नसाको माध्यमबाट दिइन्छ । इनहेल्ड भ्याक्सिन मान्छेको मुखको माध्यमबाट दिइन्छ । सास तानेर यो खोप शरीरमा पुग्छ । कोरोना भाइरस मुख र सास नलीबाट शरीरभित्र पस्छ । त्यस कारण यो खोप असरदार हुन सक्छ । यो खोप सीधैं फोक्सो र सास नली हुँदै शरीरभित्र पस्छ, जसले गर्दा खोप निकै असरदार हुने विज्ञहरूले बताएका छन् ।
शोधकतर्Fको भनाइ छ, बढीजसो खोपले कोरोनाको त्यस स्पाइक प्रोटीनलाई टार्गेट गर्छ, जसको माध्यमबाट यो शरीरभित्र प्रवेश गर्छ । भेरियन्ट बदलिएपछि खोप कम असरदार साबित हुन सक्छ तर हाम्रो खोपले भाइरसका भिन्दाभिन्दै भागलाई टार्गेट गर्छ, यसैले नयाँ भेरियन्टमाथि पनि यो असरदार छ । यस खोपबाट विशेष प्रकारको इम्युनिटी विकसित हुन्छ, जसले धेरै हदसम्म कोरोनाबाट सुरक्ष प्रदान गर्छ ।
शोधकर्ताको भनाइ छ, यदि रोगीलाई इनहेल्ड खोप दिइन्छ भने यसको मात्रा निकै कम हुन्छ । अहिले इन्जेक्सनको माध्यमबाट जुन खोप दिइरहेको छ, त्यसको एक प्रतिशत मात्र मनुष्यलाई इनहेल्डबाट दिइन्छ । यसबाट खोप धेरैजनालाई दिन सकिने र खोपको पनि बचत हुने प्राध्यापक ब्रायन लिचीले बताए । उनले यो खोप एउटा गेमचेन्जर साबित हुने पनि दाबी गरे ।
क्यानडाका वैज्ञानिलके बनाएको यो खोप पहिलो होइन, यसभन्दा पहिले पनि चीनको कम्पनी सिनोफार्मले सन् २०२१ मा इनहेल्ड भ्याक्सिन बनाएको घोषणा गरेको थियो । चेन वेईको टीम र चिनियाँ बायोटेक कम्पनी कैनसिनो बायोलोजिक्स इङ्कले मिलेर यो खोप तयार गरेको थियो । यो खोप पनि मुखबाट नै दिइन्थ्यो ।