वाशिङ्टन, २९ माघ/एएनआई/स्पुतनिक
अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्यान्डमा थप ३,००० सैनिक पठाउन आदेश दिएको पेन्टागनले पुष्टि गरेको छ ।
ह्वाइट हाउसको ब्रिफिङमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रूसले युक्रेनमा कुनै पनि समय आक्रमण गर्न सक्छ, जारी ओलम्पिकको बीचमा पनि सम्भवतः हवाई आक्रमणबाट शुरू हुनेछ ।
मस्कोले बारम्बार युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै मनसाय नभएको कुरा बताउँदै आएको छ । राष्ट्रपतिको निर्देशनमा अस्टिनले आज फोर्ट ब्राग, एनसीमा रहेको ८२औं एयरबोर्न इन्फेन्ट्री ब्रिगेड कम्ब्याट टोलीका बाँकी ३,००० सिपाहीलाई पोल्यान्ड पठाउन आदेश दिएको एक प्रवक्ताले शुक्रवार स्पुतनिकलाई इमेल गरेको विज्ञप्तिमा उल्लेख छ ।
सेना अर्को दुई दिनमा फोर्ट ब्रागबाट प्रस्थान गर्नेछ । अर्को हप्ताको शुरूमा खटाइएको स्थानमा पुग्ने अपेक्षा गरिएको छ ।
एयरबोर्न सिपाहीको यो दोस्रो समूह पोल्यान्डमा जाँदै छ । यसअघि एक हजार ७०० सिपाहीसँग सम्मिलित हुनेछन् । अस्टिनले जर्मनीमा अर्डर गरेको १८औं एयरबोर्न कोप्र्स मुख्यालय ३०० सदस्य पनि देशमा आइपुगेका छन् ।
पाँच हजार अतिरिक्त मोबाइल र फ्लेग्जिबल कर्मचारी तैनाथ गरेर पेन्टागनले नेटो सहयोगीलाई गठबन्धनको पूर्र्वी भागविरुद्ध सम्भावित आक्रमणलाई रोक्नको लागि आफ्नो प्रतिबद्धतामा आश्वस्त पार्छ, विज्ञप्तिमा थपिएको छ ।
यसैबीच रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले शुक्रवार अमेरिकी निर्णयमाथि टिप्पणी गर्दै ह्वाइट हाउसको उन्माद पहिलेभन्दा बढी भएको सङ्केत देखिएको बताइन् । रासस