ग्रीन टी आजभोलि टे«न्ड बन्दैछ । स्वास्थ्यको लागि र वजन घटाउन धेरैजसोले ग्रीन टी सेवन गर्छन् । रिपोर्ट अनुसार ग्रीन टीलाई सबैभन्दा कम प्रोसेस गरेर उत्पादन गरिन्छ । यसमा हुने एन्टिअक्सिडेन्ट स्वास्थ्यलाई ठीक गर्न मदत गर्छ र धेरै रोगबाट हामीलाई जोगाउँछ । यद्यपि ग्रीन टीको सही तरीकाले सेवन गरिएन भने यसबाट नोक्सान हुन्छ । धेरैजसोले ग्रीन टी बिहान खाली पेट पिउने गर्छन् । यस्तो गर्दा स्वास्थ्यसम्बन्धी थुप्रै समस्या आउन सक्छ ।

भोक कम लाग्नेः विशेषज्ञका अनुसार खाली पेट ग्रीन टी पिउँदा अथवा दिनभरिमा धेरैपटक पिउँदा भोक कम लाग्छ । ग्रीन टी पिउँदा पेटमा जलन हुन्छ र प्रभावित व्यक्तिलाई केही खान मन लाग्दैन । जसले गर्दा एसिड बन्न थाल्छ र पेट दुखाइ शुरू हुन्छ ।

आयरनको कमीः ग्रीन टी बढी मात्रामा सेवन गर्दा शरीरमा आयरनको कमी हुन थाल्छ । ग्रीन टीमा हुने टैनिन, खाद्य पदार्थ र पोषक तŒवले हुने आयरनको अवशोषणमा अवरोध उत्पन्न गर्छ । यसको बढी सेवनबाट गर्भावस्थामा वा बच्चा जन्मेपछि नोक्सान पु¥याउँछ । बढी ग्रीन टीको सेवनबाट गर्भपात पनि हुन सक्छ ।

डिहाइडे«शनः ग्रीन टीमा पनि कफीसरह कैफिन हुन्छ । यद्यपि यसको मात्रा निकै कम हुन्छ । तर पनि यदि खाली पेट लगातार ग्रीन टी सेवन गर्नुहुन्छ भने कैफिनको कारण शरीरमा डिहाइडे«शनको समस्या बन्न थाल्छ । यदि तपाईं दिनमा कुनै पनि समय ग्रीन टी सेवन गर्न चाहनहुन्छ भने बढीभन्दा बढी पानी सेवन गर्नुपर्छ ।

टाउको दुखाइः खाली पेट ग्रीन टी सेवन गर्दा धेरैलाई पेट देखाइ हुने गर्छ । खाली पेट ग्रीन टी सेवन गर्दा ग्याँस बन्न थाल्छ र र यो ग्याँस टाउको दुखाइको कारण बन्छ । खाजा खाएको केही समयपछि मात्र ग्रीन टी सेवन गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here