प्रस, सेढवा, २२ माघ/
थारू समुदायमा परम्परागतरूपमा तीन दिनसम्म गरिने विवाह अहिले आएर एक दिनमा सीमित गरिएको छ ।
सामाजिक विकृति हटाउन आदिवासी थारू समुदायले तीन दिने वैवाहिक कार्यक्रमलाई खुम्च्याएर एकै दिनमा सम्पन्न गर्ने गरी दिउँसो गरिने विवाहलाई प्राथमिकता दिंदै आएको
छ । राति विवाह गर्दा बेहुलाबेहुली पक्षबीच आर्थिक भार बढी हुने गरेकाले अहिले दिउँसो विवाह गर्ने प्रचलन बढेको हो ।
पर्सागढी–३ गोडपसराका जयनारायण चौधरीले दिउँसो विवाह गर्दा आर्थिक भार कम हुने
बताए । उनले राति विवाह गर्दा रोडलाइट, पटका, जन्ती लैजाँदा बिहान–बेलुकाको खर्च, रातिको जन्ती जानेहरूले मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने, झगडा हुने सम्भावना बढी भएकाले दिउँसोको विवाह सो अनुपातमा फलदायी हुने भएकोले थारू समुदायले यसैलाई अनुसरण गरेको बताइएको छ ।
थारू कल्याणकारी समुदायका केन्द्रीय सदस्य बृजमोहन चौधरीले ढिलो गरी परम्परागत विवाहलाई निरुत्साहित गर्दै दिउँसो विवाह गर्ने प्रचलन बढेको र यसबाट थारू समुदायको विकासमा ठूलो टेवा पुगेको दाबी गरे ।
उनले थारू समाजमा पनि सामूहिक विवाहको अवधारणालाई अगाडि सारिएको र यो कार्यलाई प्राथमिकतामा राखिने बताए । उनले आर्थिकरूपले कमजोर अभिभावकहरूका छोराछोरीको विवाह सामूहिक विवाह अन्तर्गत गर्ने र आर्थिक भार कम गर्नेतर्फ समुदायका अगुवाहरू अग्रसर रहेको जानकारी ।