प्रस, परवानीपुर, २१ माघ/
नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष अशोककुमार बैदले वीरगंज–२१ मा निर्मित मन्दिरको उद्घाटन गरेका छन् ।
अध्यक्ष बैदले परवानीपुरमा निर्माण भएको जानकी, शिव र हनुमान मन्दिरको बिहीवार अनावरण गरी उद्घाटन गरेका थिए ।
रामजानकी मठ व्यवस्थापन समिति, परवानीपुरको आयोजनामा मन्दिरमा विधिपूर्वक पूजापाठ भएको थियो । समितिका अध्यक्ष सञ्जय मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेसका अनिल श्रीवास्तव, जालन्धरराउत कुर्मी, रामएकबाल राउत, रामक्षत्री राउतलगायतको सहभागिता थियो ।