बलिराम शुक्ला, बिरुवागुठी, १६ माघ/

चीसो बढेसँगै फैलिएको भाइरल ज्वरोको प्रकोप कम भएको छैन । पर्सागढी नगरपालिकालगायत ग्रामीण भेगमा एक महीनादेखि फैलिएको भाइरल ज्वरोको प्रकोपका कारण स्थानीयवासी तनावमा छन् । अधिकांश घरका एकजना सदस्यलाई ज्वरो, रुघाखोकी, टाउको तथा जीउ–हात दुख्ने र कसैकसैलाई पखाला लाग्ने गरेको र यो रोग सर्ने गरेको ज्वरोबाट पीडित नन्दलाल चौधरीले बताए ।

बिरामीहरूले ग्रामीण भेगमा रहेका स्वास्थ्य चौकी तथा क्लिनिकमा उपचार गराइरहेका छन् । उपचार गराउन आउनेहरू अधिकांशलाई भाइरल ज्वरो रहेको स्वास्थ्यकर्मी बताउँछन् ।

पर्सागढी नगरपालिका कार्यालयका निमित्त स्वास्थ्य प्रमुख उमेशप्रसाद साहका अनुसार चीसो बढेपछि भाइरल ज्वरोको प्रकोप बढेकाले बिरामीहरू दिनहुँ नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकीमा उपचार गराउन आउने गरेको बताए ।

स्वास्थ्यकर्मीहरूले यो अवस्थामा न्यानो कपडा लगाउने, झोलिलो/पोषिलो खाना खाने र मनतातो पानी सेवन गर्न तथा आवश्यक परे मात्र घरबाट बाहिर निस्कन सुझाव दिइरहेका
छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here