देशभक्तिमाथि बनाइएको चलचित्र सबैले हेरेका छन् । कलाकारले फौजी, सेनाको जवान वा प्रहरीको भूमिकामा दर्शकहरूलाई मनोरञ्जन गर्छन् ।
मेजर रुद्राशीष मजुमदर सन् २०११ देखि २०१८ सम्म सेनामा थिए । उनले सात वर्ष देशको सेवा गरेर अवकाश लिए । अहिले उनी चलचित्र खेल्दैछन् । उनले छिछोरे र जर्सी चलचित्रमा अभिनय गरेका थिए ।
मोहनलालः मोहनलाल साउथ चलचित्रका मेगास्टार हुन् । उनी टेटोरियल आर्मीमा लेफ्टिनेन्ट कर्नेल थिए । सन् २००९ मा अभिनेता बनेपछि उनले रैङ्क पाएका थिए । उनी साउथको एउटा नोटेड सेलिब्रिटी हुन् ।
गुफी पेन्टलः महाभारतमा शकुनीको भूमिका खेल्ने गुफी पेन्टल भारतीय सेनामा क्याप्टेन थिए । उनी महाभारतको कास्टिङ डाइरेक्टर पनि थिए ।
आनन्द बख्शीः उनको गीत धेरैले मन पराउँछन् । राजेश खन्नादेखि शाहरूख खानसम्मको चलचित्रमा आनन्द बख्शीले गीत लेखेका थिए । उनले थुप्रै चलचित्र पनि खेलेका छन् । बख्शी इन्डियन नेभीमा काम गरिसकेका थिए । उनी नन–कमिशन्ड अफिसर थिए ।
विक्रमजीत कंवरपाल– विक्रमजीत भारतीय सेनाका रिटायर्ड मेजर थिए । उनले डन, पेज ३, मर्डर–२, कर्पोरेट, २ स्टेट्स, इन्दु सरकार, शौर्य, जन्जीर र प्रेम रतन धन पायोजस्ता चलचित्रमा अभिनय गरेका थिए । गत वर्ष कोरोनाकालमा उनको निधन भएको थियो ।
एक्टर रहमानः भारतीय सिनेमाका निकै पुराना कलाकार थिए । ४० को दशकमा उनले चलचित्रमा काम गर्न शुरू गरेका थिए । उनले चलचित्रमा नेगेटिभ भूमिका खेल्थे । साहब बिबी और गुलाम, ताजमहल, नूरजहाँ, छोटी बहन, नर्गिस, चौदहवींका चाँद, आँधी, आपकी कसम, हीरा पन्नालगायत चलचित्रमा उनले अभिनय गरेका थिए ।
राजकुमारः बलिउडमा राजकुमारको अभिनय छुट्टै हुन्थ्यो । चालीसको दशकमा उनी बम्बई आएपछि उनले प्रहरीमा काम गरे । उनी त्यतिबेला सब–इन्स्पेक्टरको पोस्टमा थिए । – प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)