सिमरा–काठमाडौं उडान शुरू, बुद्धसँगै यतिले पनि सेवा दिने

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्


प्रस, जीतपुर, ६ असोज/
    सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान खुला गरेसँगै सिमरा–काठमाडौं उडान सञ्चालनमा आएको छ।
    लकडाउन शुरू हुनु दुई दिनअघिदेखि बन्द भएको सिमरा–काठमाडौं उडान सात महीनादेखि बन्द थियो। सोमवार बुद्ध एयरले ७२ सिट सङ्ख्याको एटिआर विमान सञ्चालनमा ल्याएको छ। अहिले दैनिक एउटा उडान शुरू भएको छ। काठमाडौंबाट सिमरा साढे १२ बजे र सिमराबाट काठमाडौं १ बजे बुद्ध एयरको उडान भइरहेको नागरिक उड्डयन कार्यालय सिमराका वसन्त गौतमले बताए।
    सिमरा–काठमाडौंबीच ट्वीनेटर, बिच, एभ्रो सञ्चालनमा आएपनि एटिआर पहिलोचोटि सञ्चालनमा आएको हो। अहिलेसम्म ४० सिटको एभ्रो विमानबाहेक ठूलो विमान सिमराबाट उडेको छैन। ७२ सिटको एटिआर नै धेरै यात्री लिएर उड्ने पहिलो विमान हो।
बिहीवारदेखि यति पनि उड्ने
    सिमरा विमानस्थलबाट लामो समयदेखि बुद्ध एयरले मात्र सेवा दिंदै आएकोमा बिहीवार असोज ८ गतेदेखि यति एयरलायन्सले पनि सेवा दिने भएको छ।
    यति एयरलायन्सले आज काठमाडौं–सिमरा परीक्षण उडान गरेको प्रमुख गौतमले बताए।
    यतिले केही वर्षअगाडि सिमरा–काठमाडौं उडान शुरू गरेको थियो तर पछि बन्द भएपछि अहिले पुनः शुरू गर्न लागेको हो।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस