अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको जेम्स वेब स्पेस टेलिस्कोपले एक महीनामा पृथ्वीभन्दा लगभग १६ लाख किलोमिटर दूरी तय गरेको छ । यो टेलिस्कोप लक्ष्य नजीक अर्थात् दोस्रो लाग्रान्ज प्वाइन्ट (एलटु)मा पुगेको छ । नासाले सामाजिक सञ्जालमा पोस्ट गर्दै यो जानकारी दिएको हो ।

यस टेलिस्कोपलाई नासा, युरोपियन स्पेस एजेन्सी र क्यानाडाली स्पेस एजेन्सीले तयार गरेको हो । एल टु त्यो दूरी हो, जहाँ कुनै पनि वस्तुमाथि पृथ्वी र सूर्यको गुरुत्वाकर्षणको प्रभाव समान रहन्छ । यस कारणले वस्तु स्थिर हुन्छ र फ्युल खपत कम हुन्छ । यद्यपि नासाको तर्फबाट भनिएको छ कि यो बिन्दु पूर्णरूपले स्थिर छैन । पृथ्वी र सूर्यको बीच पाँचवटा लाग्रान्ज प्वाइन्ट छ, जसलाई एल १, एल २, एल ३, एल ४ र एल ५ भनिन्छ । लाग्रान्ज प्वाइन्टको नाम फ्रान्सका गणितज्ञ जोसेफ लुई लाग्रान्जको नाममा राखिएको हो ।

एलटुमा गुरुत्वाकर्षण सन्तुलन अन्य बिन्दुको तुलनामा बढी रहन्छ । यहाँ नासाले यसको ओपटिक्स र अन्य उपकरणको जाँच गर्नेछ, त्यसपछि अगाडिको काम शुरू गर्नेछ । जेम्स वेब स्पेस टेलिस्कोपलाई सन् २०२१ डिसेम्बर २५ तारिखमा एरियन रकेटको माध्यमबाट फ्रेन्च गुयानास्थित लन्चिङ बेसबाट लन्च गरिएको थियो । यसमा भारु ७५ करोड खर्च भएको छ । यो दुनियाँको सबैभन्दा शक्तिशाली टेलिस्कोप हो ।

टेलिस्कोपको ओप्टिक्समा सुनको तह चढाइएको छ । यस तहले इन्फ्रारेड लाइटलाई डिफ्लेक्ट गर्छ, जसले गर्दा टेलिकस्कोप चीसो रहन्छ । क्यामरालाई सूर्यको तापबाट जोगाउन यसमा टेनिस कोर्ट आकारको ५ लेयरको सनशिल्ड लगाइएको छ । यो टेलिस्कोपको व्यास २१ मिटर छ । सन् १९९० मा पठाइएको हबल टेलिस्कोपको तुलनामा यो सय गुना बढी शक्तिशाली छ । यसको माध्यमबाट ब्रह्माण्डको प्रारम्भिक कालमा बनेको ग्यालेक्सी, उल्कापिण्ड र ग्रहबारे पत्ता लगाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here