हाम्रो भान्सामा पाइने मसालाले खानाको स्वाद मात्र होइन, स्वास्थ्यलाई पनि सही बनाउँछ । यसैमध्ये हिङ पनि हो । हिङ, खानाको स्वाद बढाउनुको साथै अन्य रोगमा निकै लाभदायक हुन्छ । पीडा–दुःखाइमा हिड्ढो लेप लगाउँदा निकै लाभदायक हुन्छ ।

कान दुःखाइ– कान दुःखाइबाट राहत पाउन हिड्ढो लेप प्रयोग गर्नुपर्छ । तोरीको तेललाई हलुका तताएर त्यसमा हिङ मिसाउनुहोस् । एक–दुई थोपा हिङ कानमा चुहाउँदा कानको दुःखाइ निको
हुन्छ । कान दुःखाइ, कान बज्ने वा कानमा घाउ भएको छ भने हिङलाई घसेर मनतातो पानीमा मिसाएर एक–दुई थोपा कानमा राख्दा केही बेरपछि आराम हुन्छ ।

पाचनमा सुधार– यदि पाचनसम्बन्धी समस्या छ भने हिङ एक गिलास मनतातो पानीमा मिसाएर पिउनुस् अथवा हिङलाई पिसेर त्यसको पेस्ट नाइटो वरपर लगाउँदा पाचन र ग्याँससम्बन्धी समस्यामा सुधार हुन्छ ।

बवासिरः बवासिरमा हिङ निकै फाइदाजनक हुन्छ । घाउ भएको स्थानमा हिड्ढो लेप लगाउँदा केही दिनपछि घाउ निको हुन थाल्छ । टाउको दुःखाइः टाउको दुखेको छ भने टाउकोमा हिड्ढो लेप लगाउनुपर्छ । यसबाट टाउको दुःखाइबाट राहत पाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here