खराब दिनचर्याको कारण मधुमेह, क्यान्सर र थाइराइडका रोगीहरू बढ्दै गएका छन् । अहिले ससाना बच्चाहरूलाई पनि थाइराइडको समस्या हुने गरेको छ । महिलालाई मात्र होइन, पुरुषमा पनि थाइडराइड रोग लाग्दैछ । घाँटीमा थाइराइडको ग्रन्थी बढेपछि थाइराइडको रोग हुने गर्छ । थाइराइडको घरेलु उपचार पनि छ जसको प्रयोग गरेर हामी यो रोगबाट मुक्त हुन सक्छौं ।
तुलसीः रूघा, ज्वरोको साथै थाइराइडको समस्या हुनेहरूले तुलसी सेवन गर्नुपर्छ । दुई चम्चा तुलसीसँग घ्यूकुमारीको जूस मिलाएर प्रतिदिन सेवन गर्दा थाइराइडको समस्याबाट मुक्त हुन सकिन्छ ।
आलसको बीउः थाइडराइडको समस्या छ भने चिकित्सककहाँ अवश्य जानुपर्छ तर यसको घरेलु उपाय आलसको बीउ पनि हो । आलसको धूलो एक चम्चा सधैं सेवन गर्दा यस रोगमा निकै फाइदा पुग्छ । एक–दुई चम्चा नरियलको तेल मनतातो दूधमा बिहान खाली पेट सेवन गर्दा थाइराइडमा आराम पुग्छ ।
हरियो धनियाः बिहान खाली पेट एक गिलास मनतातो पानीमा एक चम्चा हरियो धनिया घोलेर पिउँदा थाइराइडमा घाँटीलाई आराम पुग्छ । केही दिनसम्म धनिया मिसाइएको पानी सेवन गर्दा थाइराइडमा निकै फाइदा हुन्छ ।
मुलेठीः आयुर्वेदमा मुलेठीको निकै प्रयोग हुन्छ । यो एउटा आयुर्वेदिक जडीबुटी हो । मुलेठीमा ट्रिटरपेनोइड ग्लाइसेरिथेनिक एसिड हुन्छ । यस एसिडले थाइराइडको समस्यामा राहत दिन निकै सहयोग गर्छ ।