प्रस, वीरगंज, ६ माघ/
पर्सा जिल्लाका सर्वसाधारणलाई माघ १४ गतेदेखि कोरोनाविरुद्ध बुस्टर डोज दिइने स्वास्थ्य कार्यालय, पर्साका खोप अधिकृत जयमोद ठाकुरले बताएका छन् । अहिले फ्रन्टलाइनमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, एम्बुलेन्सचालक, शववाहनचालक, वारुणयन्त्रचालक, सरसफाइकर्मीहरूलाई कोरोनाविरुद्धको बुस्टर डोज दिने कार्य भइरहेको उनले बताए ।
माघ ७ गते पर्सा जिल्लाका पत्रकारहरूलाई बुस्टर डोज नेपाल पत्रकार महासङ्घ, पर्सामा दिइने बताए । कोरोनाविरुद्धको दोस्रो मात्राको खोप लिएको छ महीना बितेकाहरूलाई बुस्टर डोज दिइने उनले जानकारी गराए । बुस्टर डोज लिनेहरूले दोस्रो मात्राको खोप लिएको ६ महीना नाघेको कार्डसहित तोकिएको केन्द्रमा जान उनले सुझाए ।
सर्वसाधारणहरूलाई माघ १४ गतेदेखि बुस्टर डोज दिने हुँदा सोही अनुसार सहभागिता जनाउन ठाकुरले आग्रह गरेका छन् ।
Please send me prateek daily