प्रस, वीरगंज, ६ माघ/
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको कारण उच्च अदालत जनकपुरको अस्थायी इजलास, वीरगंजले अति आवश्यकबाहेक अन्य सेवा केही दिनका लागि स्थगित गरेको छ ।
अदालतमा कार्यरत पाँचजना न्यायाधीश र २३ जना कर्मचारी कोरोना सङ्क्रमित भएपछि आजदेखि माघ १४ गतेसम्म सबै पेसी स्थगित गरिएको छ । भीड कम गर्न तथा सीमित जनशक्तिबाट मात्र सेवाप्रवाह गर्नुपर्ने भएकोले अन्य सेवामा कटौती गरेको अदालतले जनाएको छ ।
अदालतले बन्दी प्रत्यक्षीकरणको निवेदनको नियमित सुनवाइ गर्ने, अन्तरिम आदेशको छलफलसम्बन्धी कार्य गर्ने, एकल इजलासबाट हेर्ने निवेदनको प्रारम्भिक सुनवाइ गर्ने, मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी कामकारबाई गर्ने, म्याद थप, पक्राउ पूर्जी जारी, जरुरी पक्राउ पूर्जीको स्वीकृति तथा अभियोगपत्र दर्ता, बयान र थुनछेकसम्बन्धी कार्य गर्ने अदालतले जनाएको छ ।
त्यसैगरी, निवेदन दर्ता गर्ने र तारेख दिनेलगायत कामकारबाई स्वास्थ्य सुरक्ष्Fाको निर्धारित मापदण्ड अनुसार गर्ने अदालत प्रशासनले जनाएको छ ।