प्रस, पोखरिया, ६ माघ/
बाढीपीडित पर्सेली किसानलाई टेनिअपिलको सहयोगमा मान्डवी, गौरले बिहीवार राहत वितरण गरेको छ । पर्सा जिल्ला विन्ध्यवासिनी गाउँपालिका–४ अमरपट्टिका सयजना किसानलाई राहत वितरण गरिएको माण्डवी, गौरकी अध्यक्ष अञ्जु झाले बताइन् ।
बाढी प्रभावित प्रतिकिसानलाई २५ किलो चामल, तीन किलो दाल, दुई/दुई किलो चिउरा, नून, चिनी, तेल, एक किलो सोयाबिन, एक प्याकेट तरकारीको बीउ, २० किलो प्राङ्गारिक मल, दुई प्याकेट सेनिटरी प्याड राहत वितरण गरिएको अध्यक्ष झाले बताइन् ।
वडाध्यक्ष अुनज चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा मान्डवी, गौरका संयोजक अरविन्द चौधरी, कार्यक्रम अधिकृत राजु साहलगायतको सहभागिता थियो ।