अमेरिका, ६ माघ/एएनआई
अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधवार दुर्ई देशबीच बढ्दो तनावका बीच युक्रेनमा आक्रमण गरे रूसलाई जवाफदेह बनाइने बताएका छन् । “रूसले युक्रेनमा आक्रमण गरेमा त्यसलाई जवाफदेह बनाइने छ । यदि उसले युक्रेनमा आक्रमण ग¥यो भने यो रूसको लागि विनाशकारी हुनेछ ।” बाइडेनले भने ।
हाम्रा साझेदार र सहयोगीहरू रूस र यसको अर्थतन्त्रमा गम्भीर क्षति पु¥याउन तयार छन्”–अमेरिकी राष्ट्रपतिले भने ।” उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यस्तो आक्रमण हुँदा महŒवपूर्ण आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । रूसले युक्रेनमा थप गतिविधि गरेमा मैले वाचा गरेको कडा प्रतिबन्ध लगाइने जुन कसैले कहिल्यै देखेको छैन, बाइडेनको थप चेतावनी छ ।
तर त्यो, रूसको गतिविधि र युक्रेनमा गर्ने आक्रमणको स्तरमा भर पर्ने पनि बताएका छन् ।
“मैले पहिले नै युक्रेनीहरूलाई अमेरिकी डलर ६०० मिलियनभन्दा बढी मूल्यको परिष्कृत रक्षा उपकरणहरू पठाइसकेको छु । रूसीहरूका लागि यो महँगो पर्नेछ ।
युक्रेनको सीमामा पुटिनले आफ्ना एक लाख सेना जम्मा गरिसकेको अमेरिकाको बुझाइ छ ।
“उनी के गर्न गइरहेका छन् भन्ने कुरामा म त्यति निश्चित छैन । मेरो अनुमान छ कि उनी भित्र जान्छन् । उनले केही गर्नुपर्छ”– बाइडेनले सोभियत पछिको संसारमा सान्दर्भिकता खोज्ने नेताको वर्णन गर्दै भने । “उनी चीन र पश्चिमबीचको संसारमा आफ्नो स्थान खोज्ने प्रयास गर्दैछन् ।”
राष्ट्रपति बाइडेनले आफ्नो कार्यकालको पहिलो वर्षको अवसरमा औपचारिक पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका हुन् ।
मैले गरेको काममा माफी माग्दिनँ– राष्ट्रपति बाइडेन
अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधवार अफगानिस्तानबाट फिर्ता हुने आफ्नो निर्णयको बचाउ गर्दै आफूले गरेको कामका लागि माफी नमाग्ने बताएका छन् ।
आफ्नो कार्यकाल एक वर्ष पूरा गरेको अवसरमा बोल्दै उनले भने– “अफगानिस्तानबाट २० वर्षपछि सजिलै निस्कने कुनै उपाय थिएन । जतिसुकै गरे पनि त्यसो गर्नु सम्भव थिएन त्यसैले मैले गरेको कामका लागि म माफी माग्दिनँ ।” यद्यपि, बाइडेनले अगस्त मध्यमा तालिबानले सत्ता कब्जा गरेपछि विकसित अफगानिस्तानको सङ्कटप्रति भने सहानुभूति व्यक्त गरेका छन् ।
अफगानिस्तानको निर्णयबाट आफ्नो फिर्तीको बचाउ गर्दै बाइडेनले असफलताको लागि अघिल्लो प्रशासनलाई दोष दिएका छन् ।
“यदि हामी ननिस्केको भए हामीले धेरै बल भिœयाउनुपथ्र्यो … तालिबानको अक्षमताको परिणामको रूपमा के भइरहेको छ भनेर मात्र भएन, विश्वभरि जेजे भइरहेको छ हामी हरेक समस्या समाधान गर्न सक्दैनौं । र त्यसैले म यसलाई योग्यताको मुद्दाको रूपमा पनि हेर्दिनँ”– राष्ट्रपति बाइडेनले भने ।
“एउटै सरकारको अधीनमा अफगानिस्तानलाई एकीकरण गर्न कोही सक्षम हुनेछ भन्ने लाग्छ भने आफ्नो हात उठाउनुहोस् ? यो साम्राज्यहरूको चिहान भएको छ ः यो एकताको लागि संवेदनशील छैन”– बाइडेनको टिप्पणी छ ।
उनले अफगानिस्तानले अमेरिकालाई पारेको आर्थिक बोझको विषय पनि उठाएका छन् । अमेरिकी सेनालाई अफगानिस्तानमा राख्न निकै खर्चिलो भएको सन्दर्भ उद्धृत गर्दै उनले शान्तिपूर्ण समाधानको कुनै सम्भावना थिएन भनी उल्लेख गरे । रासस