कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको खतरा पुनः बढेपछि सबैले प्रतिरोधक क्षमता बढाउन जथाभावी खानेकुरा सेवन गर्न थालेका छन् । सोचविचार नगरी जथाभावी खानेकुरा खाँदा प्रतिरोधक क्षमता बढ्ने होइन झनै घट्न सक्छ । तसर्थ प्रतिरोधक क्षमता घटाउने खानेकुरा आजैदेखि खान बन्द गरौं ।
सिलबन्दी कुकिजः बढीजसो डिब्बाबन्द खानेकुरामा फाइबर तथा अन्य पोषक तŒवहरू हुँदैनन्। यसैले यस्ता खानेकुरा परहेज गर्नुपर्छ ।
बियरः अल्कोहल स्वास्थ्यको लागि राम्रो हुँदैन, झन् यहाँ बियरलाई भिटामिनकै रूपमा सेवन गर्ने गर्छन् । तर बियरले सङ्क्रमणलाई झनै बढाउँछ । यसले ब्लड सुगर, इन्सुलिन स्टे«स हार्मोन कोर्टिसोललाई पनि बढाउँछ ।
आलुको चिप्सः बिहान–बेलुका आलुको चिप्ससँगै चियासेवन गर्नेहरूले बुझ्नुपर्छ, चिप्समा नूनको मात्रा निकै बढी हुन्छ । साथै यसमा तेल पनि हुन्छ । अध्ययन अनुसार आलुको चिप्स खानेहरूलाई इम्युन सिस्टमसम्बन्धी थुप्रै रोग लाग्न सक्छ ।
फास्टफूडः रोग र सङ्क्रमण पैmलिरहेको अवस्थामा पनि मान्छेले फास्टफूड खान छाड्दैनन् । फास्टफूडमा नूनको मात्रा बढी हुन्छ, जसले गर्दा सहजै प्रतिरोधक क्षमता कम हुन्छ ।