प्रस, रौतहट, २ माघ/

मौलापुर बजार क्षेत्रका विभिन्न चोकको नामकरण गरिएको छ । मौलापुर बजारको विस्तारसँगै नयाँ चोकहरूको नामकरण गरिएको हो ।

बजारका विभिन्न क्षेत्रमा सडक–चोक निर्माण भए पनि नामाकरण नहुँदा सर्वसाधारणलाई अन्योल भइरहेकाले विभिन्न चोकको नामकरण गरिएको मौलापुर नगरपालिकाले जनाएको छ। मौलापुर नपाको कार्यपालिका बैठकले ऐतिहासिक, मौलिक र आधुनिकताको आधारमा विभिन्न चोकको नाम राखिएको नगरप्रमुख रीनाकुमारी साहले बताइन् ।

बजार क्षेत्रका चोकहरूलाई स्मार्ट सिटीचोक, अद्भूतनाथ चोक, महावीरचोक, क्याम्पसचोक र हिमगिरिचोक राखिएको प्रमुख प्रशासकीय अधिकृत रामबाबू साहले बताए । कार्यपालिका बैठकको निर्णय अनुसार नेता प्रभु साहको उपस्थितिमा विभिन्न नामसहितका बोर्डहरू स्थापना गरी नामकरण गरिएको थियो । नामकरणको लागि नपालाई धन्यवाद दिंदै नेता साहले मौलापुर नपाले सराहनीय कार्य गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here