कोरोना सङ्क्रमणविरुद्ध भाड्ढो बोट उपयोगी हुने जर्नल अफ नेचुरल प्रोडक्ट्समा प्रकाशित एउटा अनुसन्धानले दाबी गरेको छ । वैज्ञानिकका अनुसार कैनाबिस सैटिवा नामक भाड्ढो बोटमा केही यस्ता कम्पाउन्ड हुन्छन् जसको मदतबाट भाइरसलाई शरीरभित्र रोक्न सकिन्छ । यसभन्दा पहिले लेथब्रिज युनिभर्सिटीका वैज्ञानिकले पनि यस विषयमाथि शोध गरेका थिए ।
मिडिया रिपोर्ट अनुसार कोरोना भाइरस र भाड्ढो सम्बन्ध विस्तारले बुझ्न अमेरिकाको ओरेगन स्टेटका ग्लोबल हेम्प इनोभेशन सेन्टर कलेज अफ फार्मेसी र लिनुस पोलिङ इन्स्ट्च्यिूटका वैज्ञानिकले एक साथ मिलेर यस अनुसन्धानमा काम गरेका थिए । भाड्ढो बोटमा पाइने दुई कम्पाउन्ड कैनाबिगेरोलिक एसिड (सिबिजिए) र कैनाबिडियोलिक एसिड (सिबिडिए)माथि अध्ययन गरिएको थियो ।
अध्ययनमा वैज्ञानिकले यी दुई कम्पाउन्ड कोरोना भाइरस (सार्स–कोभ–२)को स्पाइक प्रोटिनसँग जुड्न सक्षम हुन्छ । भाइरसको यही स्पाइक प्रोटीन मनुष्यको शरीरमा पसेर उसको कोशिकालाई नष्ट गर्छ । वैज्ञानिकले दाबी गरेको छ यदि हामीले पहिले नै यस स्पाइक प्रोटीनलाई भाङमा पाइने कम्पाउन्डसँग जोड्छौं भने यसले हाम्रो शरीरमा सङ्क्रमण उत्पन्न गर्न सक्दैन ।
रिसर्च गर्ने वैज्ञाानिकका अनुसार भाइरससँग लड्न भाड्ढो जुन कम्पाउन्ड सहयोगी हुन्छ, त्यो साइकोएक्टिभ होइन । यसको मतलब यसको सेवनबाट हाम्रो दिमाग नशाको शिकार भएर नियन्त्रण गुमाउँदैन । भाड्ढो यी कम्पाउन्ड ब्रिटेनमा भेटिएको कोरोनाको अल्फा भेरिएन्ट र दक्षिण अफ्रिकामा भेटिएको बिटा भेरिएन्टविरुद्ध पनि समानरूपले असरदार हुन्छ ।
भाङमा पाइने एसिड्सले हाम्रो शरीरलाई राम्रो सुरक्ष्Fा दिन्छ । कोरोना भाइरसलाई लक्षित गरी भविष्यमा यसको प्रयोग खोप बनाउन र एन्टिबडी विकसित गर्न काम लाग्ने वैज्ञानिकहरूले बताएका छन् । यसका साथै भाड्ढो यी कम्पाउन्डलाई ओरली (मुखको माध्यमबाट) लिन सकिन्छ । यद्यपि यसको प्रयोग अहिले पनि पूर्णरूपले पुष्टि गरिएको छैन ।